सूर्य चिह्न माधव नेपालकै पोल्टामा पर्ने सम्भावना - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

सूर्य चिह्न माधव नेपालकै पोल्टामा पर्ने सम्भावना



काठमाडौं- नेकपा एमालेबाट विद्रोह गरी नयाँ राजनीतिक यात्रा शुरू गरेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको आधिकारिकता र सूर्य चिह्न पाउने सम्भावना रहेको नेपाल पक्षीय नेताहरूको दाबी छ ।

केही दिनअघि नेकपा एकीकृत समाजवादी नामको नयाँ दल दर्ताका लागि नेता नेपालसँगै ५८ केन्द्रीय सदस्यहरूले निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

आयोगले सनाखतका लागि बुधवारको समय तोकेको छ । एकताका पक्षधर मानिने ५७ केन्द्रीय सदस्यहरू अन्तिम अवस्थामा विद्रोह गर्ने सम्भावना रहेको एमालेका नेता राजेन्द्र राई बताउँछन् ।

शनिवार एक स्ट्याटस लेख्दै नेता राईले भनेका छन् – ‘माधव पक्षीय एकता अभियान वाला ५७ रे, यता नयाँ पार्टी दर्तामा हस्ताक्षर गर्ने ५८, दुवै जोड्दा ११५, निर्वाचन आयोगमा दर्ता भएको एमाले केन्द्रीय सदस्य संख्या २०३, भनेपछि माधव पक्षको बहुमत देखियो(११५), चिन्ह र नाम त पाइने देखियो…’

आयोगमा दर्ता भएको संख्याका आधारमा नेपालको पक्षमा बहुमत केन्द्रीय सदस्य रहने उनको दाबी छ ।

दल विभाजनसम्बन्धी कानूनी प्रावधानका आधारमा बहुमत पक्षलाई पार्टीको आधिकारिकता र चुनाव चिह्न दिने व्यवस्था रहेको छ ।