नेपाल र ओमानबीच रोमाञ्चक खेल, यस्तो छ दुवै टिमको अवस्था - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

नेपाल र ओमानबीच रोमाञ्चक खेल, यस्तो छ दुवै टिमको अवस्था



काठमाडौं- अमेरिकालाई ५ विकेटले हराएको नेपाल आज ओमानविरुद्ध उसकै घरेलु मैदानमा खेल्दैछ । ओमानको घरेलु मैदान अल अमरेत क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ।

नेपाल आफ्नो लयलाई निरन्तरता दिएर सिरिजमा लगातार दोस्रो जित निकाल्दै नेपाल चौथो स्थानमा उक्लन चाहन्छ। सिरिजको पहिलो खेल खेलेको २४ घण्टा बित्न नपाउँदै नेपाली टोलीले दोस्रो खेल खेल्न लागेका हो।

छोटो समयको विश्रामका कारण पनि टोलीको प्रर्दशनमा असर पर्न सक्नेछ। घरेलु मैदानमा जित निकाल्दै ओमान अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ। यी दुई टोली १९ महिनापछि आमनेसामने हुदैछन् । यसअघि नेपालको घरेलु मैदानमा भएको भेटमा दुवै खेलमा ओमानले जित निकालेको थियो। नेपाल घरेलु मैदानमा भोगेको हारको बदला लिने योजनामा छ।

एकदिवसीय खेलमा यी टोलीबीच दुई खेलमा भेट भएको छ। दुवै भेटमा नेपाल पराजित भएको छ। सिरिज अन्तर्गत किर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो खेलमा ओमानले नेपाललाई ८ विकेटले हराएको थियो भने दोस्रो खेलमा १८ रनले जित निकालेको थियो।

हेड टु हेड :

नेपाल र ओमानबीच दुई ओडिआई खेल भएको छ । ओमान गत वर्ष पहिलो खेलमा १८ रन र दोस्रो खेलमा ८ विकेटले विजयी भएको छ । पछिल्ला पाँच अन्तर्राष्ट्रिय खेलमा ओमानले नेपाललाई सहजै पराजित गरेको छ । २०१९ मा पाँच टोलीबीचको टि२० सिरिजमा ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको थियो । २०१८ को एसिया कप छनोटमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको थियो । २ सय २१ रन बनाएपनि नेपाल पराजित हुन पुगेको थियो । त्यसै वर्ष डिभिजन २ को खेलमा ओमानले नेपाललाई ६ विकेटले हराएको थियो ।

मौसम : खेलमा वर्षाको कुनै सम्भावना छैन । तापक्रम भने ३१ देखि ३७ डिग्रि सम्म रहने छ ।

खेलको प्रत्यक्ष प्रसारण नेपालमा एक्सन स्पोर्ट्समा हेर्न सकिने छ । त्यस्तै इन्टरनेटमा आइसिसी टिभी र फ्यान कोडबाट हेर्न बाट पनि हेर्न सकिने छ ।

अंक तालिका

आइसीसी विश्वकप छनोट लिग २ को अंक तालिकामा १० खेल खेलेको ओमान १६ अंकमा शीर्ष स्थानमा छ।

सबैभन्दा बढी १३ खेल खेलेको अमेरिका १२ अंकसहित दोस्रो स्थानमा छ। ८ खेल खेलेको स्कटल्याण्ड ९ अंकमा तेस्रो स्थानमा हुँदा ७ खेलबाट ८ अंक जोडेको नामिबिया तालिकाकोृ चौथो स्थानमा छ।

संयुक्त अरब एमिरेन्ट् (युएई) ले ७ खेलबाट ७ अंक जोड्दै पाँचौ स्थानमा आफूलाई उभ्याएको छ। सबैभन्दा कम खेल अर्थात ५ खेल खेलेको नेपाल ६ अंकमा छैटौँ स्थानमा रहँदा ८ खेलबाट अंकविहिन पपुवा न्युगिनी तालिकाको पुछारमा छ।

नेपालको टोली : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ र रोहित कुमार पौडेल

ओमानको टोली : जिशान मकसुद (कप्तान), अकिब इलायस, जतिन्दर सिंह, खवर अली, मोहम्मद नदीम, अयान खान, सुरज कुमार, सन्दीप गौड, नेस्टर धम्बा, कलिमुल्लाह, बिलाल खान, नसिम खुशी, सुफ्यान मोहम्मद र सोहिब खान ।