नेपाल सरकारले दिने भयो संयुक्त राष्ट्रसंघलाई ४० लाख - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

नेपाल सरकारले दिने भयो संयुक्त राष्ट्रसंघलाई ४० लाख



काठमाडौं- सुन्दा अचम्म लाग्ला नेपालले संयुक्त राष्ट्र सङ्घलाई सहयोग दिने भएको खबर सुन्दा, तर यो सहयोग रकम भने होइन ।

नेपाल सरकारले संयुक्त राष्ट्र सङ्घको मानव अधिकार परिषद् र महिलाविरुद्ध हुने भेदभाव उन्मुलन महासन्धि ‘सीईडीएडब्ल्यु’लाई ४० लाख उपलब्ध गराउने भएको छ ।

बिहीवार मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले उक्त रकम न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोगलाई उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।

मन्त्रिपरिषदबाट संयुक्त राष्ट्र संघको मानवअधिकार परिषदमा पुनः निर्वाचनका लागि ३० लाख र महिलाविरुद्ध हुने भेदभाव उन्मुलन महासन्धिको पुनः निर्वाचनका लागि १० लाख उपलब्ध गराउने निर्णय भएको हो ।