काङ्ग्रेसले भन्यो: नेपाल ट्रष्टमा ठुलो भ्रष्टाचार भयो - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

काङ्ग्रेसले भन्यो: नेपाल ट्रष्टमा ठुलो भ्रष्टाचार भयो



काठमाडौं- नेपाली कांग्रेसले सरकारले यति समुहसँग गरेको सम्झौता नीतिगत भ्रष्टाचारको नमुना ठहर गर्दै तत्काल सच्चाउन माग गरेको छ।

नेपाल ट्रष्ट अन्तर्गतको गोकर्ण रिसोर्टको बहुमुल्य जग्गा विना कुनै प्रतिस्पर्धा, आर्थिक प्रलोभनमा परि निश्चित समूहलाई दिएर विगतमा नियोजित ढंगले गरिएको भ्रष्टाचार दोहोर्याएको भन्दै गम्भीर आपत्ति जनाएको छ।

कांग्रेसले यसलाई नीतिगत भ्रष्टाचारलाइ नै ठहर गर्दै उक्त निर्णय तत्काल सच्चाउन सरकारसँग माग गरेको छ।

शनिबार केन्द्रिय समिति बैठकले अवधि बाँकी छँदै पुनः त्यहि घटना दोहो¥याइएकोप्रति गम्भीर आपत्ति प्रकट समेत गरेको छ ।

काङ्ग्रेसले दरवारमार्ग, लुम्बिनी, धरान लगायतका अन्य कयौं ठाउँमा राज्य र नागरिकको जग्गा निश्चित प्रकृया वेगर सो समूहको हातमा पुग्नु र सरकार राष्ट्रिय सम्पत्तिको रक्षक नभई राष्ट्रको सम्पत्तिको दोहनमा सहयोगी पात्र बनेको भन्दै भत्सना गरेको हो।

‘गोकर्ण रिसोर्ट लगायतका सबै निर्णय तत्काल सच्याउन बैठक सरकार समक्ष माग गर्दछ’ बैठकको निर्णयमा भनिएको छ।