विश्व वरियतामा ३ स्थान माथि उक्लियो नेपाल - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

विश्व वरियतामा ३ स्थान माथि उक्लियो नेपाल



काठमाडौं– अन्तर्राष्ट्रि क्रिकेट परिषद (आईसीसी)ले ट्वान्टी–२० क्रिकेटको नयाँ वरियता सार्वजनिक गरेको छ । जसमा नेपाल २१२ अंकसहित ११ औं स्थानमा उक्लिएको छ ।

नेपाल अगाडि वंगलादेश १० औं स्थानमा छ । नेपाल यसअघि १४ औं स्थानमा थियो ।

पछिल्लो पटक युएईविरुद्धको ट्वान्टी–२० सिरिज २–१ ले जितेको नेपालले विश्व वरियतामा आफ्नो स्थान सुधार गरेको छ ।

आईसीसीले ८० राष्ट्रिय टिमको वरियता सार्वजनिक गरेको हो । जसमा पाकिस्तान २८६ अंकसहित पहिलो स्थानमा छ । दक्षिण अफ्रिका २६२ दोस्रो, २६१ अंकसहित इङ्ग्ल्यान्ड तेस्रो, २६१ अंक सहित अस्ट्रेलिया चौथो स्थानमा रहँदा २६० अंकसहित भारत पाँचौं स्थानमा रहेको छ ।