बेलायतकी महारानीको निधनमा नेपालमा तीन दिन शोक मनाउने निर्णय - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

बेलायतकी महारानीको निधनमा नेपालमा तीन दिन शोक मनाउने निर्णय



काठमाडौं : सरकारले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले महारानी स्व.एलिजाबेथको सम्मानमा शनिबारदेखि सोमबारसम्म शोक मनाउने निर्णय गरेको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकले नेपालभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।

सरकारले उनको निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। बेलायत सरकार, जनता एवं शोकसन्तप्त बेलायती राजपरिवारप्रति नेपाल सरकारले समवेदना प्रकट गरेको छ।

महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा यही बिहीबार निधन भएको हो।