नेपाल शिक्षक महासंघ लम्कीचुहाद्धारा आन्दोलनका कार्यक्रम सशक्त बनाउदै  - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेपाल शिक्षक महासंघ लम्कीचुहाद्धारा आन्दोलनका कार्यक्रम सशक्त बनाउदै 



मंगल बास्कोटे / लम्कि ,कैलाली ।

नेपाल शिक्षक महासंघ लम्कीचुहाले आफ्ना आन्दोलनका कार्यक्रम सशक्त बनाएर लैजाने बताएको छ । शुक्रबार  लम्की चुहा नगरपालिका वडा नं.१ मा रहेको कालिका माध्यमिक बिद्यालयमा गरेको एक कार्यक्रममा आफ्ना माग प्रति सरकार गम्भिर नभएको हुदा आन्दोलनलाई सशक्त बनाएर लैजाने नेपाल शिक्षक महासंघ लम्की चुहाका अध्यक्ष राम प्रसाद तिमिल्सेनाले बताउनु भएको थियो ।

शिक्षण पेसाको मर्यादा र शिक्षकका हक हितका पक्षमा ओकलत गर्नको लागी स्थापना भएको महासंघले शिक्षकका पेसागत रुपमा देखिएका समस्या,पेशागत हकहित तथा सुरक्षाको पक्षमा निरन्तर आवाज उठाउदै आएको छ । देशको शिक्षा क्षेत्र र नेपाली शिक्षकले ब्यहोर्नु परेको समस्या निराकरण,शिक्षकहरुले राखेका न्यायोचि माग सम्बोधन गर्ने सवालमा राज्य पक्ष सधै गैरजिम्बेवार देखिएको हुदा अबिलम्ब चासोका साथ शिक्षा र शिक्षकको न्यायोचित सम्बोधनका लागी आन्दोलनका कार्यक्रम केन्दस्तर देखिनै पेचिलो बन्दै गएको छ ।

बिज्ञापन गरि वारम्वार स्थगित गरिएको अस्थाई शिक्षकलाई स्थायी गर्न ऐनमा ब्यवस्था भए बमोजिकको आन्तरिक परीक्षाको मिति तोकि अविलम्ब परिक्षा लिनुपन,कम्तिमा १० बर्ष एउटै तह र श्रेणिमा कार्यरत शिक्षकहरुलाई सामुहिक पदउन्नतीको ब्यवस्था गरियोस,राहत शिक्ष दरबन्दीलाई स्थायी दरबन्दीमा रुपान्तरण गरि उक्त दरबन्दीमा कार्यरत शिक्षकहरुको स्थायीत्वका लागी प्रक्रिया अघि बढाउनु पर्ने,निजि स्रोतमा कार्यरत शिक्षक र कर्मचारीहरुलाई स्थानिय सरकारबाट सेवा सुबिधा उपलब्ध गरिनुका साथै निजी स्रोतमा कार्यरत शिक्षक कार्मचारीहरुका लागी पोषक भत्ताको ब्यवस्था गरिनु पर्ने,स्थानिय तहबाट शिक्षामा बिनियोजित रकम बिवरण पुर्वाग्रही नगरिनु पर्ने,शैक्षिक कामकाज छिटो छरिदो गर्न स्थानिय शिक्षा शाखामा आवश्यक कर्मचारीको ब्यवस्था गर्नु पर्ने लगाएत केन्द्रले २९ बुदेमाग राखेर आन्दोलनका कार्यक्रम गरेको हो ।

नेपाल शिक्षक महासंघ लम्की चुहाले पनि केन्द्रका मागमै टेकेर आन्दोलनका कार्यक्रम गरिरहेको छ । सरकारलाई बारम्बार जानकारी गराउदा पनि कुनै सुनुवाई नगरेको हुदा स्थानिय सरकारलाई बिउझाउनको लागी आज लम्की चुहा नगरपालिकाका १ देखि १० नम्बर सम्ममा वडा अध्यक्षहरुलाई बोलाएर उहाहरुले सुन्ने गरि उहाहरुकै अगाडी सिट्टी बजाउने कार्यक्रम रहेको थियो तर कार्यक्रममा लम्की चुहा नगरपालिको कुनै पनि जनप्रतिनिधिको सहभागिता रहेन ।

कार्यक्रममा खबर गर्दा पनि कुनै जनप्रतिनिधि उपस्थीत नहुदा महा संघ लम्की चुहाले आप्पत्ती प्रकट गरेको छ । जनप्रतिनिधिले शिक्षकहरुलाई र शिक्षकका मागलाई हेर्ने दृष्टिकोण कस्तो छ भन्ने प्रष्ट भएको अध्यक्ष तिमिल्सेनाले बताउनु भएको थियो ।

उता जनप्रतिनिधिले आफु नगरपालिकाको महत्वपुर्ण कार्यक्रममा सहभागि भएको हुदा उपस्थित हुन नसकेको बताएका छन । आन्दोलनका कार्यक्रम अन्तरगत भदौ ३ गते देखि ७ गते सम्म हातमा कालो पट्टि र लाल्टिन बालेर पढाउने जानकारी दिएका छन ।