नेपाल समुहका नेताहरू आन्तरिक छलफलमा - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

नेपाल समुहका नेताहरू आन्तरिक छलफलमा



काठमाडौं- नेकपा एमाले ओली समुहले पार्टीलाई २०७५ जेठ २ मा फर्काउने औपचारिक निर्णय गरेसँगै वरिष्ठ नेता माधवकुमार नेपाल समुहका नेताहरू छलफलमा जुटेका छन् । बुधबार बिहानैबाट नेताहरू छलफलमा जुटेका हुन् ।

मंगलबार साँझ बसेको एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय स्थायी कमिटी बैठकले एमालेलाई जेठ २ मा फर्काउने औपचारिक निर्णय गरेको थियो भने बुधबार बिहान बालुवाटारमा बैठक बसेर महाधिवेशन आयोजक कमिटीलाई पनि भङ्ग गर्ने निर्णय गरिएसँगै नेपाल समूह के गर्ने भन्ने अन्योलमा परेको छ ।

यो निर्णयपछि आगामी रणनीति तय गर्न नेपाल समूहका नेताहरू छलफलमा जुटेका हुन्। नेताहरू अनौपचारिक छलफलमा जुटेका छन् । नेपाल समुहमा पनि अछिल्लो समय अन्तरद्वन्द देखिएको छ । केहि नेताहरू लचक बनेर एकतामा जानुपर्ने बताएका छन् भने केहिले भने जेठ २ मा फर्कने भन्दैमा बिचमा ओलेले गरेका सबै अपराधको भारी बोक्न नसकिने बताउँदै आएका छन् ।

यसअघि नेपालल समूहले एमालेलाई २०७५ जेठ २ को अवस्थाबाट अघि बढाउनुपर्ने माग गर्दै आएको थियो । पछिल्लो समय दुई ध्रुबमा बाँडिएको एमाले एकताको नजिक पुगेको नेताहरूले बताएका छन् । दोस्रो तहका नेताहरू एकताका लागि औपचारिक, अनौपचारिक संवादमा छन् ।

नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले ओली पक्षले मात्र बसेर यसरी निर्णय गर्न नमिल्ने बताएका छन् । उनले यस विषय छलफलपछि मात्र आधिकारिक धारणा बाहिर ल्याउने बताएका छन्।

सर्वोच्च अदालतले गत फागुन २३ गते एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपनि एमालेको दुई समूह मिल्न सकेको छैन् । एमाले एकताका लागि अन्तिम प्रयास भइरहेको नेताहरूले बताउने गरेका छन् ।