रअले नयाँ प्रमुख पाएपछि, नेपालमा यसरी बढायो सक्रियता - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

रअले नयाँ प्रमुख पाएपछि, नेपालमा यसरी बढायो सक्रियता



काठमाडाैं- नेपाल भ्रमणमा रहेको भारतीय गुप्तचर संस्था रिर्सच एन्ड एनालाइसिस विङ (रअ) को टोली सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त रह्यो ।

रअको टोलीले सत्तारुढ र प्रतिपक्षी दलका केही नेतासहित संसदका विभिन्न समितिका पदाधिकारीसँग सामूहिक र छुटाछुट्टै भेटवार्ता गर्‍यो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आइतबार राति भेटवार्ता गरेका रअ अधिकारीले सोमबार विहान सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको हो ।

रअ प्रमुख समान्तकुमार गोयल नेतृत्वको पाँच सदस्यीय टोली आइतवार दिउँसो काठमाडौं आएपछि भेटवार्तामा जुटेको थियो । भेटघाटका लागि नेता देउवा स्वयं लैनचौरस्थित भारतीय दूतावास पुग्नुभएको थियो भने प्रचण्डलाई भेट्न रअका अधिकारी प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

दूतावास स्रोतका अनुसार आइतवार साँझ ७ बजेर ४० मिनेटमा दूतावास पुगेका देउवा करिव चार घन्टापछि राति ११ बजेर ४० मिनेटमा बाहिरिएका थिए । नेपाल समाचारपत्रका अनुसार देउवासँगको भेटमा काँग्रेस सांसदद्वय डा अमरेशकुमार सिंह र विनोद चौधरी पनि सहभागी रहेको बताइएको छ ।

रअ अधिकारीको सम्मानमा दूतावासले आइवार साँझ दूतावास परिसरमा रात्री भोज दिएको थियो । सोही जमघटमा देउवा सहितको टोली दूतावास पुगेको हो । रअ प्रमुख गोयल सहितको टोली बौद्धस्थित हायात होटलमा बसेको छ ।