नेपाल राष्ट्रिय शिक्षक संगठनकाे प्रथम गाउँ परिषद सम्पन्न - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

नेपाल राष्ट्रिय शिक्षक संगठनकाे प्रथम गाउँ परिषद सम्पन्न



बाैनिया,कैलाली । नेपाल राष्ट्रिय शिक्षक संगठन (NNTA) बर्दगाेरिया गाउँ कार्य समितिकाे प्रथम गाउँ परिषद तथा बधाई शुभकामना कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

“समुन्नत राष्ट्रका लागि शैक्षिक विकासमा हाम्रो प्रतिवद्धता राजनितिक अधिकार सहितको ट्रेडयूनियन अधिकार संवैधानिक सुनिश्चितता” भन्ने मुल नाराका साथ भएको कार्यक्रमका प्रमुख अतिथि संगठनका जिल्ला उपाध्यक्ष चक्र बहादुर बिष्ट रहनु भएको थियाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि बिष्टले अाफुहरु पार्टीको भात्रि संगठन नभएर स्वायत्त संगठन रहेकाे कुरा बताउनु भएको थियाे ।

बिष्ट का अनुसार अाफुहरुकाे अान्दोलन लाई कुनै निश्चित पार्टिले सहयाेग पुर्‍याउने भएकोले त्यसको नजिक देखिएकाे मात्र बताउनु भएको थियाे । उहाका अनुसार नेपाल राष्ट्रिय शिक्षक संगठन सधैं निजि स्रोत , राहात लगायतका शिक्षक हरुकाे मागकाे सुनुवाइ गर्न लागि रहेको र उहाहरुकाे मुद्दा मा सधैं साथमा रहेकाे कुरा वताउनु भएको थियाे ।

साे अवसरमा बर्दगाेरिया गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पुरन सिह बि.सि र शिक्षक महासंघ बर्दगाेरिया अध्यक्ष उदय सिह बि.सि बिशिष्ट अतिथि रहनु भएको थियाे । कार्यक्रममा संगठनकाे जिल्ला सल्लाहकार सदस्य तथा महुन्याल मा.बि बास्काेटिका प्राचार्य चन्द्रिका मिस्र,संगठनका बर्दगाेरिया गाउपालिका ईञ्चार्ज रिषि सापकाेटा, जगदम्बिके भगवति माध्यमिक बिधालयका प्रधानाध्यापक नेत्र खड्का,संगठनका पुर्व ईलाका ईञ्चार्ज लिलाराम बिश्वकर्मा,एकीकृत अखिल नेपाल शिक्षक संगठनका बर्दगाेरिया अध्यक्ष प्रमाेद साउँद,बालकन्या अाधारभुत बिधालयका प्रधानाध्यापक भुमि प्रसाद जाेशि लगायतकाले शुभकामना मन्तव्य व्यत्त गरेका थिए ।

साे अवसरमा शिक्षक सेवा अायाेगकाे अान्तरिक परीक्षामा सफलता प्राप्त गरि बर्दगाेरिया गाउपालिकामा पदस्थापन भएका उदय सिह बि.सि,तारा प्रसाद जाेसी,यज्ञ बहादुर घर्तिमगर र दुर्गा न्युरे लाई प्रमुख अतिथि बिष्टले बधाई तथा सम्मान व्यत्त गर्नु भएको थियाे ।

संगठनकाे बर्दगाेरिया गाउँ कार्यसमिति उपाध्यक्ष शुसिला कुँवरकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रम संगठनका गाउँ कार्यसमितिअध्यक्ष वलराज भाटकाे अध्यक्षतामा भएको हाे ।

संगठनका गाउँ कार्य समिति सचिव लक्ष्मि प्रसाद सापकाेटाले सञ्चालन गरेकाे कार्यक्रम कालिका माध्यमिक बिधालय बर्दगाेरिया ४ नाैनियामा भएको हाे ।