अबको चुनाबमा कांग्रेसले बहुमत ल्याउछ :देउवा ,रुपन्देहीको मर्चवारमा सयौ काँग्रेसमा प्रवेश - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

अबको चुनाबमा कांग्रेसले बहुमत ल्याउछ :देउवा ,रुपन्देहीको मर्चवारमा सयौ काँग्रेसमा प्रवेश



हिमाल पोस्ट /असोज १६ 

नेपाली काँग्रेसका सभापति एवंम् प्रधानमन्त्री शेर बहादुर देउवाले मधेस र मधेसी जनताको भविष्य निमार्णका लागि प्रदेश र सङ्घीय निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी गराउनु पर्नेमा जोड दिनुभएको छ । रुपन्देहीको मझगाँवामा नेपाली काग्रेस रुपन्देहीद्धारा आज आयोजित बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाल र नेपालीको भविष्य निमार्णका लागि प्रदेश र सङ्घीय निर्वाचन आवश्यक रहेको बताउनु भयो ।

प्रधानमन्त्री देउवाले प्रदेश र सङ्घीय निर्वाचनमा नेपाली काग्रेसलाई बहुमत दिलाउन आग्रह गर्दै काग्रेसले बहुमत पाएमा संविधानको पूर्ण कार्यान्वयन हुने ,मधेसी जनताको हितका साथै लोकतन्त्रले पनि स्थायीत्व पाउने उल्लेख गर्नु भयो । उहाँले आशन्न निर्वाचनमा नेपाली काँग्रेसको पक्षमा मतदान गर्न सबैमाधल आग्रहगर्नुभयो । ठुलो पार्टीले मात्र संविधान संसाधेन गर्न सक्ने भएकाले अब हुने सबै निर्वाचनमा नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउन मधेसका जनतालाई आव्हान गर्दै अब काँग्रेसको नेतृत्वमा मधेसी जनताको हित र भावना अनुसार
संविधान संशोधन हुने दाबी गर्नुभयो ।

सो कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेसले देशमा भएका सबै राजनीतिक परिवर्तन गरे जस्तै अब देशमा विकासकोपरिवर्तन गर्ने दाबी गर्नुभयो । उहाँले विकासको सुरुवात रुपन्देहीको मर्चवारबाट गर्ने पनि उद्घोष गर्नुभयो । संविधानको पूर्ण कार्यान्वयनका लागि नेपाली काँग्रेस अब मधेसी समुदाय सहित सबै वर्गको चाहाना अनुसार संविधानलाई संशोधन मार्फत पूर्णता गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गाउँ गाउँको विकास सुरु भएको र अब आर्थिक क्रान्ति गर्ने किसान बताउन नेपाली काँग्रेस लाग्ने बताउँदै नेता पौडेलले अब देशको विकास गाउँको विकास र जनताको विकासमा अब काँग्रेस लाग्ने बताउनुभयो ।

नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले विकासको पूर्णता दिने काम नेपाली काग्रेसले मात्रै गर्ने दाबी गर्नुभयो । २०४६ साल यता मर्चवारमा नेपाली काग्रेसले जित्न नसकेका कारण मर्चवारको विकास हुन नसकेको बताउँदै महामन्त्री कोइरालाले प्रान्त र सङ्घीय निर्वाचनमा काग्रेसलाई विजयी गराई विकासको ढोको मर्चवारबाट खोल्न आग्रह गर्नु भयो । देशमा नेपालमा विकासको ढोका काँग्रेसले खोलेको स्मरण गर्दै महामन्त्री कोइरालाले रुपन्देहीको मर्चवारमा पनि विकासको ढोका काग्रेसकै नेतृत्वमा खोलीने बताउनु भयो ।

पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँणले मर्चवारलाई विकाशको मूलधारमा ल्याउन आफूहरूले जोड दिने बताउनुभयो । रूपन्देहीको समग्र विकाशमा मर्चवारलाई समेटेर सिधै बुटवलसम्म मर्चवारबासीलाई चार लेनको सडकले जोड्ने कार्यक्रम नेपाली काँग्रेससँग रहेको बताउनुभयो । कार्यक्रममा सङ्घीय समाजवादी फोरमका केन्द्रीय सदस्यद्वय वसिउद्धिन खाँ, फकरुद्धिन खाँ, फोरम लोकतान्त्रिकका बसिष्ठमणि त्रिपाठी, व्यवसायी प्रमोद यादव सहित सयौ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरूलाई पार्टी सभापति देउवा लगाएतका नेताहरूले पार्टी प्रवेश गराउनु भएको थियो ।

सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँड, डा. मिनेन्द्र रिजाल, पूर्व अर्थराज्य मन्त्री भरत कुमार शाह लगाएतले बोल्दै नेपाली काँग्रेसलाई फेरी पनि पहिलो पार्टी बनाउन आग्रह गर्नु भयो ।