नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको पुष्टि - Himal Post Himal Post
  • २६ मंसिर २०८१, बुधबार
  •      Wed Dec 11 2024
Logo

नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको पुष्टि



काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ प्रजाति भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा नयाँ भेरियन्ट भेटिएको पुष्टि गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा नयाँ म्युटेशनलाई एवाई.१ नाम पनि दिइएको छ ।

४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के४१७एन म्युटेसन भेटिएको जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म यो म्युटेशन नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरुमा पुष्टि भइसकेको बताइएको छ ।

मन्त्रालयका अनुसार नेपालमा ‘भेरियन्ट अफ कन्सर्न’ को रुपमा अल्फा, डेल्टा र भेरियन्ट अफ इन्ट्रेस्टको रुपमा कप्पा भेरियन्ट पुष्टि भएको जनाइएको छ ।

त्यतिमात्र होइन मन्त्रालयले यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने विभिन्न अध्ययनहरुबाट पाइएको बताएको छ ।

वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न भागहरुबाट संकलित नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट छनौट गरी ४८ नमुना विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा परीक्षण गर्दा ७४ नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको थियो ।

मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले सोमबार जारी गरेको विज्ञप्तिमा यसबारे उल्लेख छ ।