प्रचण्ड-माधवको छुट्टै बैठक, एमसीसीबारे सहमतिको प्रयास - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

प्रचण्ड-माधवको छुट्टै बैठक, एमसीसीबारे सहमतिको प्रयास



काठमाडौँ — सत्ता गठबन्धनभित्रका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अलग्गै छलफलमा जुटेका छन् ।

साँझ ५ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ । त्यसअघि दाहाल र नेपालले यसबारे अलग्गै छलफल गरेका हुन् । केहीबेरअघि बाट सिंहदरबारस्थित नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा दाहालको कार्यकक्षमा दाहाल-नेपालबीच छलफल भइरहेको छ ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा संसद्‌बाट एमसीसी अनुमोदन गराउनुपर्ने पक्षमा छन् । तर‚ गठबन्धनभित्र त्यसबारे सहमति जुटेको छैन ।

माओवादी केन्द्र र एकीकृत समाजवादी भने एमसीसी सम्झौता संसद्‌मा टेबल नै नगर्ने पक्षमा छन् । दाहाल-नेपालसँगको छलफलमा जनता समाजावादी पार्टीका नेता एवम् संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठसमेत सहभागी छन् ।