नेपाल समुहको नयाँ दल: आन्तरिक तयारी पुरा, घोषणाबारे सर्कुलर - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

नेपाल समुहको नयाँ दल: आन्तरिक तयारी पुरा, घोषणाबारे सर्कुलर



काठमाडौ- नेकपा एमालेका नेता माधव कुमार नेपाल समुहले छिट्टै पार्टी घोषणा गर्न लागेको खुलेको छ । नेपालले केही दिनमै नयाँ क्रान्तिकारी पार्टी बनाउने निकट नेताहरूलाई बताएका छन्।

आइतबार साँझ केहि नेताहरूसँग कुराकानी गर्दै नेता नेपालले अब लाग्नुपर्ने बहेकाले त्यसको तयारी गरिएको बताएका थिए। उनले एमालेभित्रको आन्तरिक विवाद अब केही दिनमा टुङ्गो लाग्ने बताउँदै नयाँ दल गठनका लागि तयार रहन समेत पार्टी पंतिलाई सचेत बनाएका छन् । भर्चुवल बैठकमा नेता नेपालले अति प्रयास गर्दा पनि नयाँ दल बनाउनुको विकल्प नभएको बताए।

उता एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले थप १२ जना सांसदलाई कारबाहीको पत्र तयार पारिसकेका छन् । नेपाल समुहले नयाँ दलको तयारी गरेको थाहा पाएपछि थप तयारी गर्न आइतबार बोलाएको पार्टी स्थायी कमिटिको बैठक सोमबार बिहानको लागि सारेका छन् ।

आइतबार नेता नेपालले केहि नेताहरूलाई एक दुई दिनभित्र नयाँ दल गठन हुने र त्यसका लागि तयारी रहन आग्रह गरेका छन् । केहि नेताहरू अलमलमा भएको भन्दै उनले अब एक दुई जनाको आशा गरेर बस्न नसकिने बताएका थिए । नेपाल समूहका अष्टलक्ष्मी शाक्य, भीम रावल, युवाराज ज्ञवाली, राजेन्द्र राई र जगन्नाथ खतिवडा पार्टी विभाजन गरेर नयाँ दल गठन गर्नुपर्ने पक्षमा रहेका छन्।

उता दल सार्वजनिक गर्ने सुईको पाएका प्रधानमन्त्री ओलीले आइतबार नै एक कार्यक्रममा नेपाल समूह अनिष्ठको दिशामा गएको बताएका थिए। स्रोतका अनुसार नयाँ दलबारे बालुवाटारमा चर्चा हुन थालिसकेको छ । नेपाल स्वंयल ओलीसँग बस्न नसक्ने भन्दै एक्लै भए पनि नयाँ दल गठन गरेर जानुपर्नेमा सुरुदेखि नै अडानमा छन्।

शुक्रबारदेखि आइतबारसम्म निरन्तर भर्चुवल बैठकमा पछिल्ला परिस्थितिका बारेमा छलफल भैरहेको एक नेता बताउँछन् । बैठकमा अधिकांशले ओलीसंग बस्न नसकिने बताएका थिए ।

कस्तो बन्दैछ पार्टी ?

पछिल्लो समयको तयारी अनुसार सबै कम्युनिष्ट शक्तिहरूलाई समेटेर लैजान सकिने गरी सुरुदेखि नै नेपाल समुहले तयारी गरेका छन् । पछि सबैदलहरू सँग एकीकरण गर्दा पनि सुहाउने नामको खोजि गरिएको बताइएको छ ।

नयाँ पार्टी बनाएको खण्डमा सुरूआतमा मोर्चाबन्दी गर्ने र बिस्तारै कम्युनिष्टहरूको सहकार्य गर्ने सम्म अन्य दलसंग सहमति भैसकेको बताइन्छ । यता एमालेका उपाध्यक्ष वामदेव गौतमले पनि नयाँ दल भएको खण्डमा माधव नेपाललाई साथ् दिने बताइसकेका छन् । त्यसपछि माओवादी केन्द्रसँग एकताको तयारी हुने बताइएको छ ।

तत्काल कम्युनिस्ट घटकहरूलाई समेत मिलाएर नयाँ दल गठन गर्ने विषयमा समेत छलफल भएपनि अहिले पार्टीमात्रै घोषणा गरेर एकताका बिषयमा केहि समयपछिबाट लाग्ने एक नेताको दाबी छ ।