साफ च्याम्पियनसिपको सेमिफाइनलमा माल्दिभ्ससँग नेपाल पराजित - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

साफ च्याम्पियनसिपको सेमिफाइनलमा माल्दिभ्ससँग नेपाल पराजित



काठमाडौं । साफ च्याम्पियनसिपको सेमिफाइनलमा आज नेेेपालले माल्दिभ्ससँग ३-० गोल अन्तरले लज्जास्पद हार बेहोरेको छ । नेपालले पहिलो हाफमा एक गोल र दोस्रो हाफमा २ गोल खाएको हो ।

बंगलादेशको बंगबन्धु रंगशालामा जारी खेलको ८ औं मिनेटमा माल्दिभ्सले फ्री किकबाट पहिलो गोल गरेको थियो भने दोस्रो गोल ८४ मिनेटमा थपेेेेको थियो । दोस्रो गोल गरेको २ मिनेट नबित्दै माल्दिभ्सले अर्को गोल गरि ३-० ले माल्दिभ्स बिजयी भएको हो ।

भारी वर्षापछि २७ औं मिनेटमा खेल रोकिएको थियो। झन्डै आधा घन्टापछि सुरू भएको खेलको पहिलो हाफ सकिँदा नेपालले गोल फर्काउन सकेन। नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन । माल्दिभ्स भने एक पटक साफको उपाधि जित्न सकेको छ ।