नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमीक्रोन पुष्टि - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमीक्रोन पुष्टि



काठमाडौं । नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमीक्रोन भेरियन्ट रहेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार ८८ प्रतिशतलाई ओमीक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लोपटक गरिएको जिन सिक्वेन्सिङ गर्दा ८८ प्रतिशतलाई ओमीक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए ।

‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा संक्रमितमध्ये ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमीक्रोन संक्रमण पुष्टि भएको हो,’ उनले भने, यसले संक्रमितमध्ये ८८ प्रतिशत ओमिक्रोन रहेको देखायो ।’

३२ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमीक्रोन देखिँदा चारवटामा भने डेल्टा भेरियन्ट रहेको सहप्रवक्ता डा. अधिकारीले जानकारी दिए ।