यी हुन् नेपालमा ओमिक्रोन पुष्टि भएका दुई संक्रमित: स्वास्थ्य अवस्था सामान्य - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

यी हुन् नेपालमा ओमिक्रोन पुष्टि भएका दुई संक्रमित: स्वास्थ्य अवस्था सामान्य



काठमाडौं : कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएका दुईजनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिएका छन्।

संक्रमित हुनेमा ६६ वर्षीय महिला र ७१ वर्षीय पुरुष हुन्।

यसअघि छिमेकी मुलुक भारतमा पनि ओमिक्रोन भेरियन्टको संक्रमण देखिएको छ।

त्यहाँ करिब दुई दर्जनबढी मानिसमा संक्रमण देखिएको भारतीय मिडियाहरुमा समाचार छ। नयाँ भेरियन्ट विश्वभरका करिब ४० बढी देशमा फैलिइसकेको छ।