सांसद पदको चिन्ता छैन, हस्ताक्षर फिर्ता हुँदैन: माधव नेपाल समूह - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

सांसद पदको चिन्ता छैन, हस्ताक्षर फिर्ता हुँदैन: माधव नेपाल समूह



काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समुहले सांसद पद गएपनि हस्ताक्षर फिर्ता नलिने निष्कर्ष निकालेको छ । नेपाल समूहको आन्तरिक बैठकले सर्वोच्च अदालतको फैसला नआएसम्म हस्ताक्षर फिर्ता नलिने निष्कर्ष निकालेको बताइएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरेको हस्ताक्षर फिर्ता लिन दिएको अल्टिमेटम आज सकिँदैछ । हस्ताक्षर फिर्ता लिनका लागि ओलीले अथक प्रयास गरिरहेका बेला नेपाल समुह यस्तो निष्कर्षमा पुगेका हुन्।

नेपाल समूहलाई ओलीले सोमबार बेलुका ५ बजेसम्म हस्ताक्षर फिर्ता नभए एमाले नरहने चेतावनी दिएका छन् । यसै सन्दर्भमा ओलीले नेता नेपालसँग भेट्न प्रयास गरेपनि नेपालले भने अस्वीकार गरिरहेका छन् ।

नेपालसँग भेट्न ओलीले आफ्ना नेताहरूलाई उनकै निवासमा पठाएर फकाउने कोशिस गरेका थिए । त्यो सबै प्रयास असफल भएपछि ओलीले नेता भीम रावलसँग आइतबार बेलुका दुईघण्टा बढी छलफल गरेका थिए ।

उक्त छलफलमा पनि ओलीले हस्ताक्षर फिर्ता लिनकै लागि जोडबल गरेका थिए । जवाफमा रावलले यसको सम्भावना नभएको बताएका थिए ।