एकाएक एमालेप्रति नरम देखिए माधव नेपाल - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

एकाएक एमालेप्रति नरम देखिए माधव नेपाल



नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमालेलाई अहिले धेरै प्रहार गर्नु नहुने बताएका छन्।

उनले आफ्नो पार्टीमाथि एमालेले अहिले प्रहार नगरेको उल्लेख गर्दै एमालेलाई पनि प्रहार गर्नु उचित नभएको बताएका हुन्। अध्यक्ष नेपालले अहिले निर्वाचनको परिणामले आफूहरु नेकपा एमालेभित्र हैसियतभएको शक्तिका रुपमा रहेको बताए। सोही शक्तिलाई बेवास्ता गर्दा एमालेले नोक्शान भोगिरहेको दाबी गरे।

उनले भने, ‘अहिले निर्वाचनको परिणामले एउटा सन्देश दिएको छ। त्यो सन्देश भनेको नेकपा एमालेभित्र हामी एउटा हैसियत भएको शक्ति थियौँ भन्ने हो। यत्रो ठूलो पंक्तिलाई बेवास्ता गर्दा सबैभन्दा धेरै नोक्शान एमालेलाई नै भएको छ। पार्टीलाई उचाईमा पुर्‍याउने क्षमता हामीमा छ। राष्ट्रिय राजनीतिमा हाबी हुनसक्ने खुबी हामीमा छ। अहिले एमालेले हामीमाथि धेरै प्रहार गरिरहेका छैनन्। हामीले पनि प्रहार गर्नुहुँदैन। राष्ट्रिय राजनीतिमा भएको हाम्रो हैसियतबाट निराश हुनुपर्ने अवस्था छैन।’

अध्यक्ष नेपालले अझैपनि जनतामा भिजेका नेताहरु आफ्नो पार्टीमा रहेको र त्यसको उदाहरण पोखरा नगरपालिका र हेटौंडा उपमहानरगपालिकामा देखिएको बताए।