मेडिसिटी अस्पतालविरुद्ध मुद्दा: १० करोड क्षतिपूर्ति माग - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

मेडिसिटी अस्पतालविरुद्ध मुद्दा: १० करोड क्षतिपूर्ति माग



काठमाडौं- पूर्वसभासद् गायत्री साह दम्पतिले मेडिसिटी अस्पतालविरुद्ध मुद्दा दर्ता गराएका छन्। क्षतिपूर्तिबापत १० करोड रूपैयाँ उपलब्ध गराउन माग गर्दै उनीहरूले मुद्दा दर्ता गराएका हुन् ।

बच्चाको उपचार खर्च दिने सहमती गरेपनि अहिलेसम्म नदिएको उनीहरूको आरोप छ । अस्पतालको लापरबाहीका कारण छोरामा डाउन सिन्ड्रोम भएको भन्दै महतोले असोज २८ गते ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्।

अस्पतालकै लापरवाहीले मेरो बच्चा यस्तो अवस्थामा पुगेको र बाचुञ्जेलसम्म उसको स्वास्थ्य चेकजाँच पर्ने उहिहरूले बताएका छन्। गर्भ बसिसकेपश्चात निरन्तर मेडिसिटी अस्पतालमै चेकजाँच गराइरहेकी पूर्वसभासद् साहले गत फागुन २८ गते बच्चा जन्माएकी थिइन्।

शिशु जन्मदा शरीरको विकास कम हुने डाउन सिन्ड्रोम देखा परेको थियो। बच्चा पेटमै हुँदा थाहा पाउने रोग बच्चा जन्मिँदा समेत चिकित्सकले नभनेको भन्दै साह दम्पतिले बच्चा लिन अस्वीकार गर्दै आएका छन्।

साह दम्पतिले बच्चा लिन नमानेपछि उनीहरुविरुद्ध अस्पतालले उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको थियो। अस्पतालको रिटमाथि सुनुवाई गर्दै अदालतले साह दम्पतिलाई बच्चा बुझेर लैजान आदेश दिएको थियो।