नेपालमा हिन्दु राष्ट्र कायम गर्न भारतमा दवावमुलक अभियान सुरु - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नेपालमा हिन्दु राष्ट्र कायम गर्न भारतमा दवावमुलक अभियान सुरु



नयाँ दिल्ली /मंसिर १ 

नेपालमा हिन्दु राष्ट्र कायम गर्न दबाब दिन भारतमा दवावमुलक अभियान सुरु गरिएको छ । बहुसङ्ख्यक हिन्दु धर्मावलम्वीको मर्मअनुसार नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग गर्दै भारतको राजधानी दिल्लीमा नेपाल हिन्दु राष्ट्र पुनःस्थापना  मञ्चले दवावमुलक अभियानको सुरुवात गरेको हो ।

समारोहको सुरुवात गर्दै मञ्चका सस्थापक अध्यक्ष विष्णु बरालले केही नेताहरूले विदेशीहरुको इसारामा जबरजस्ती नेपालमा धर्मनिरपेक्ष थोपरेको आरोप लगाए  । नेपालमा बहुसङ्ख्यक नेपालीहरूको चाहना नेपाल हिन्दुराष्ट्रनै हुनुपर्ने दाबी गर्दै बरालले नेपाल सरकारलाई दबाब दिनका लागि भारतमा नेपाल हिन्दुराष्ट्र हुनुपर्ने दवावमूलक अभियान सुरु गरेको बताए  ।

फरक प्रसङमा बोल्दै उहाँले सानो देश नेपाललाई सबै मिलेर विकास गर्नुपर्ने ठाउँमा अलग-अलग राज्य बनाएर गल्ती भएको समेत  बताए  । उहाँले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी विभिन्न दलहरू विकासका योजनाहरू अघि सारी नेपाललाई समृद्ध बनाउने घोषणापत्र सार्वजनिक गरे पनि बरालले त्यो जनतालाई झुक्याएर भोट माग्न सम्मका लागि भएको आरोप लगाए  । उनले  ७०  वर्षसम्म देश विकास गर्न नसकेका दलहरूले ५  वर्षमा पनि विकास गर्न नसक्ने बताए  । बिहीबार दिल्लीदेखि अभियानको थालनी गरिएको भन्दै भारतका विभिन्न राज्यमा दवावमूलक अभियान चलाउने बरालले बताएका थिए  ।