नेपालले चासो दिएन केरुङ–काठमाडौं रेलमार्गबारे - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

नेपालले चासो दिएन केरुङ–काठमाडौं रेलमार्गबारे



काठमाडौं ।  केरुङ–काठमाडौं अन्तरदेशीय रेलमार्ग बनाउन चीन सकारात्मक भइरहेका बेला नेपाल सरकारले भने चासो दिएको छैन ।

उक्त योजना आगाडि बढाउने जिम्मा नेपाल सरकारसँग रहेको संकेत गर्दै चिनियाँ टोली फर्किएको लामो समय हुँदा पनि सरकारी पक्षबाट कुनै काम अगाडि नबढाइएको हो ।

कार्त्तिक २४ गते काठमाडौंमा सम्पन्न नेपाल–चीन संयुक्त स्थलगत अध्ययनपछि चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच दोस्रो चरणको बैठक २०१७ डिसेम्बरमा बेइजिङमा बस्ने समझदारी भएको थियो । तर नेपाली पक्षबाट चासो नदिइँदा अहिलेसम्म बैठक बस्न नसकेको नागरिकमा समाचार छ ।