माधव नेपाललाई एमालेको ढोका बन्द - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

माधव नेपाललाई एमालेको ढोका बन्द



बिर्तामोड – नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपालबाहेकका नेतालाई एमालेमा फर्किन आग्रह गरेका छन् । आइतबार झापामा आयोजित बृहद् कार्यकर्ता पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आग्रह गरेका हुन् ।

‘एमालेबाट अनुशासनहिन, अराजक तत्त्वहरू बाहिरिएका छन् । बिग्रिएको आलुलाई बोराभित्र राख्दा सबैलाई कुहाउँछ । त्यसकारण कुचोले बढार्नुपर्ने कसिंगर हावाले उडायो भनेजस्तै हो,’ ओलीले भने, ‘माधव नेपालबाहेक अरु साथीहरू पार्टीमा फर्किए हुन्छ ।’

ओलीले माधव नेपाललाई अपराधीको संज्ञा दिँदै त्यस्ता तत्त्वलाई फेरि एमालेले ठाउँ दिन नसकिने जिकिर गर्दै आगामी चुनावमा पनि एमाले नै पहिलो पार्टी बन्ने दाबी गरे । अध्यक्ष ओलीले मन्त्रिपरिषद् विस्तारमै ३ महिना लगाउने गठबन्धनको सरकारबाट जनताले कुनै अपेक्षा राख्न नसक्ने बताए ।