पारस पनि खेल्ने, कुवेतविरुद्ध नेपालले बलिङ गर्दै - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

पारस पनि खेल्ने, कुवेतविरुद्ध नेपालले बलिङ गर्दै



काठमाडौं । आईसीसी टि–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपालले कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

इन्डियन एसोसियसन क्रिकेट मैदानमा टस जितेको नेपालले पहिले बलिङ गर्ने भएको छ ।

कुवेतले नेपालविरुद्ध केही बेरमा ब्याटिङ थाल्नेछ । आजको खेलमा नेपाल स्पष्ट जितको खोजीमा हुनेछ । नेपाल अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको नेपालको लागि कुवेतविरुद्धको खेल महत्वपूर्ण रहेको छ ।

अव नेपाललाई विश्वकप छनोटको ग्लोबल छनोटमा पुग्नबाँकी दुई खेलमा स्पष्ट जितको आवश्यकता रहेको छ । नेपाल र कुवेतले अहिलेसम्म ९ पटक प्रतिस्पर्धा गरेका छन् । जसमा नेपाल हाविनै रहेको छ । ६ एकदिवसीय र ३ टि–ट्वान्टीमा नेपाल र कुवेतको भेट भएको थियो । नेपालले एकदिवसीयमा ५ खेलमा जित निकालेको छ भने १ खेल कुवेतले जितेको छ । यस्तै टि–ट्वान्टीमा नेपाल पूर्ण रुपमा हाबी रहेको छ ।