अब नेपाल–जापान सिधा हवाई उडान - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

अब नेपाल–जापान सिधा हवाई उडान



नेपाली जहाजले सिधै जापानका विभिन्न सहरमा उडान गर्न पाउने बाटो खुलेको छ।

नेपाल र जापान सरकारका प्रतिनिधिबीच सोमबार भएको सम्झौतासँगै नेपाल–जापान तथा जापान–नेपाल सिधा उडानको बाटो खुलेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

दुई पक्षीय सम्झौताअनुसार नेपाली जहाजले जापानको हानेडा विमानस्थलबाहेक सबै ठाउँमा उडान भर्न पाउने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालले जानकारी दिए।

अब नेपाली जहाजले सातामा १४ वटा उडान भर्न पाउनेछन्।