नेपाल भारत सीमा नाका बन्द हुने - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

नेपाल भारत सीमा नाका बन्द हुने



बैतडी- भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बुधबार साँझसम्मका लागि बन्द गरिएको छ।

झुलाघाटस्थित झोलुङ्गे पुल मर्मतको काम सञ्चालन हुने भएकाले हिजो मंगलबार साँझ ६ बजेदेखि आज बुधबार साँझ ७ बजेसम्मका लागि नाका बन्द गरिएको हो।

महाकाली नदीमाथिको उक्त पुलको भारततर्फको भाग मर्मत गर्नुपर्ने भएकाले आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

यसैबीच दुवै देशका सुरक्षा निकायले आज पुलको अवलोकन तथा निरीक्षण गरेका छन्। वर्षौँ पुरानो झोलुङ्गे पुल बेला–बेला मर्मत गरिँदै आएको छ।

झुलाघाटमा मोटरेबल पुलको आवश्यकता भए पनि अहिलेसम्म त्यसतर्फ सरकारको ध्यान जान सकेको छैन।

पक्की पुलको माग गर्दै बैतडीबासीले बेला बेलामा आन्दोलन समेत गर्दैआएका छन्।