भारतभन्दा नेपाल अगाडि - Himal Post Himal Post
  • १३ पुष २०८१, शनिबार
  •      Sat Dec 28 2024
Logo

भारतभन्दा नेपाल अगाडि



काठमाडौं। खुला दिसामुक्त घोषणा गर्नमा भारतभन्दा नेपाल अगाडि हुने भएको छ । सरकारले आगामी सोमबार (१३ असोजमा) नेपाललाई खुला दिशामुक्त घोषणा गर्ने कार्यक्रम तय गरेको खानेपानीमन्त्री विना मगरले जानकारी दिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक कार्यक्रममार्फत नेपाल खुला दिशामुक्त देश भएको घोषणा गर्ने तयारी गरिएको हो । सो तयारीसँगै खुला दिशामुक्तमा नेपाल भारतभन्दा अघि हुने भएको हो । भारतले १५ असोज अर्थात् २ अक्टोबरमा खुला दिसामुक्त भारत घोषणा गर्दै छ । तर, नेपालले भारतको भन्दा दुई दिनअघि १३ असोजमा नै खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागेको हो ।

शुक्रबार खानेपानी मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम गरेर खुला दिसामुक्त नेपाल घोषणा गर्ने जानकारी दिएको छ । खानेपानीमन्त्री मगरले नागरिकलाई शतप्रतिशत ट्वाइलेट प्रयोग गर्न आग्रह गर्दै खुला दिशामुक्त नेपाल बनाउने अभियानमा सरिक बन्न अनुरोध गरिन् । उनले ट्वाइलेटमा ताला लगाएर नराख्न आग्रह गर्दै घर, खानेपानी सरसफाइ अभियानलाई अघि बढाउँदै लैजानुपर्ने आवश्यकता औंल्याइन् । मन्त्री मगरले नेपालले खुला दिसामुक्त घोषणा गरेर सफाइको क्षेत्रमा अघि बढेको बताइन् ।
मन्त्रालयका सचिव माधव बेल्बासेले यो अभियान तत्कालका लागि मात्रै नभएर दीर्घकालीन महŒवको रहेको बताए । उनले आमजनताको बानीमा एकैपटक परिवर्तन ल्याउन नसकिएको र बाढी तथा पहिरोलगायत प्राकृतिक प्रकोपले पनि अभियानमा बाधा पु¥याएको उनको तर्क छ ।

केही वर्ष पहिले सरकारले बजेट वक्तव्यमार्फत नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने बताएको थियो । अहिलेसम्ममा ७७ वटै जिल्ला खुला दिसामुक्त जिल्ला घोषणा भइसकेका छन् । सरकारले २०६८ सालमा सरसफाइ गुरुयोजना कार्यान्वयनमा ल्याएपछि उक्त कार्यक्रमअन्तर्गत १० असार २०६८ मा कास्कीलाई पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । हाल ९९ प्रतिशत घरधुरीमा सरसफाइको आधारभूत सुविधा शौचालय (चर्पी)को पहुँच पुगेको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले जनाएको छ ।

नेपालमा सरसफाइको सुरुवात् सन् १९८० देखि सुरु भए पनि सन् १९९४ मा पहिलोपटक राष्ट्रिय सरसफाइ नीति लागू गरियो । सन् १९९० मा नेपालमा ६ प्रतिशत घरले चर्पीको प्रयोग गरेकोमा सरसफाइ गुरुयोजना कार्यान्वयनमा आएपछि यो प्रतिशत बढेर ४६ र अहिले ९९ प्रतिशत पुगेको हो ।
खानेपानी तथा ढल व्यवस्थापन विभागको तथ्यांकअनुसार देशका कुल ५६ लाख ६० हजार २१४ घरधुरीहरूमा चर्पी बनिसकेको छ । यो आधारभूत स्तरको सरसफाइपछि प्रत्येक नगरपालिका, गाउँपालिका, प्रदेश सरकार र केन्द्र सरकार आपसमा समन्वय गरेर पूर्ण सरसफाइको अभियानमा जुट्ने कार्ययोजना बनेको छ ।
२०६८ सालदेखि सरसफाइ गुरुयोजनासँगै खुला दिसामुक्त जिल्ला घोषणा थालिएको थियो । हालसम्म कुल ५६ लाख ६० हजार २१४ घरधुरीमा शौचालय बनेको आँकडा छ । राजधानीमा खबर छ