नेपाल आइडलका विजेता रविलाई सुदूरपश्चिम सरकारद्बारा भव्य स्वागत तथा सम्मान - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

नेपाल आइडलका विजेता रविलाई सुदूरपश्चिम सरकारद्बारा भव्य स्वागत तथा सम्मान



कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले नेपाल आइडल सिजन २ का विजेता रवि वडलाई धनगढीमा सोमबार भव्य स्वागत गरेको छ । नेपाल आइडलको उपाधि जितेपछि पहिलोपटक गृहप्रदेश आएका रविलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले स्वागत तथा सम्मान गरेका हुन् ।

बधाई तथा सम्मान कार्यक्रममा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले झुपडीको प्रतिभा बाहिर ल्याउन सफलता प्राप्त भएको बताएका छन् । उनले सुदूरपश्चिम प्रदेशका कुनाकाप्चामा यस्ता हजारौं प्रतिभा लुकेर रहेको बताए ।

रविले नेपाल आइडल जित्नु समग्र सुदूरपश्चिमको ठूलो सफलता भएको बताउँदै उनले आगामी दिनमा यस्तै लुकेर रहेका झुपडीका प्रतिभाहरू बाहिर ल्याउन प्रदेश सरकारले सहयोग गर्ने जनाए ।

त्यस्तै रविले सबै नेपालीको साथ र सहयोगले नेपाल आइडल बन्न सफल भएको बताए । उनले सुदूरपश्चिमको कलासंस्कृति जगेर्ना गर्न सधैं लागिपर्ने पनि बताए । रविले आफूलाई सहयोग गर्ने सम्पूर्ण नेपालीलाई धन्यवाद दिए ।