'नेपाल आइडल २' मा होस्ट परिवर्तन , को होलान् जजहरु ? - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

‘नेपाल आइडल २’ मा होस्ट परिवर्तन , को होलान् जजहरु ?



काठमाडौँ । यही चैत ६ गतेदेखि सुरु हुन लागेको देशकै प्रतष्ठित गायन रियालिटी सो ‘नेपाल आईडल’ को दोस्रो संस्करणको अडिसनको तयारी सुरु भइरहदा कार्यक्रम संञ्चालकहरु भने परिवर्तन भएका छन् ।

एपिवान च्यानलले भित्राएको दोस्रो संस्करणका लागि प्रस्तोता फाइनल भएका छन् । ‘नेपाल आइडल २’ को होस्ट यसअघिकी प्रस्तोता रीमा विश्वकर्मासँगै पछिल्लो समय ‘२ रुपैयाँ’ बाट चर्चामा आएका नायक आशिफ शाहले होस्ट गर्ने भएका हुन् ।

‘नेपाल आइडल’ को पहिलो संस्करणका भिजे सुशील नेपाल अर्को चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’मा व्यस्त रहेकोले आशिफले दोस्रो संस्करणलाई होस्ट गर्ने भएका हुन् । ६ महिनाको लागि अनुबन्धित भएका उनले राम्रै पारिश्रमिक लिएको पनि चर्चा छ ।

आशिफ यति बेला डामाडोल चलचित्रको स्क्रिप्ट लेखन कार्यमा व्यस्त रहेका छन् । ‘नेपाल आइडल–२’ को अडिसन भने चैत ६ गते भैरहवा, चैत ११ गते धनगढी, वैशाख ३ गते हेटौँडा, वैशाख ८ गते धरान र वैशाख १४ गते पोखरामा हुने छ । उता प्रस्तोताहरु फाइनल भए पनि ‘नेपाल आइडल २’ का जजहरुको बारेमा भने केही खुलाइएको छैन ।