सरकारको नयाँ विधेयकपछि ‘नेपाल क्यान’ले ल्यायो निःशुल्क वेबसाइट निर्माण सुविधा - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

सरकारको नयाँ विधेयकपछि ‘नेपाल क्यान’ले ल्यायो निःशुल्क वेबसाइट निर्माण सुविधा



काठमाडौं- ‘नेपाल क्यान’ले सबै अनलाइन विक्रीकर्ताको लागि निःशुल्क वेबसाइट उपलब्ध गराउने भएको छ । सरकारले हालै पारित गरेको विधेयकका कारण अब सबै अनलाइन विक्रीकर्ताले अनिवार्य आफ्नै पोर्टल बनाउनुपर्ने भएको छ । उक्त बाध्यात्मक कदमपछि नेपाल क्यानले यस्तो सुबिधा उपलब्ध गराएको हो ।

सरकारको उक्त निर्णयले अनलाइन व्यवसाय गर्ने हजारौं साना–ठूला व्यवसायीलाई आफ्नो बिक्री प्लेटफर्म बनाउनैपर्ने बाध्यता बनेको छ। यस्तो परिस्थितिलाई मध्यनजर गर्दै ‘नेपाल क्यान’ले निःशुल्क वेबसाइट बिल्डर सार्वजनिक गरेको छ । जसको प्रयोग गरेर कुनै पनि व्यक्तिले बिना कोडिङ, एक घण्टामै Full Functional ई–कमर्स वेबसाइट तयार गरी अनलाइनमा बिक्री सुरु गर्न सक्नेछन्।

कम्पनीका अनुसार यो सेवाले कुनैपनि विक्रेताले वेबसाइट निर्माणमा खर्च गर्ने समय, ऊर्जा र पैसाको ठूलो बचत गर्नेछ। साथै यसले ग्राहक अनुभवलाई पनि अझ सहज र आकर्षक बनाउनेछ।

कुनैपनि व्यक्तिले वेबसाइट बनाउनका लागि https://commerce.thecanbrand.com/ मा लगइन गर्नुपर्नेछ। त्यसपछि दिइएको निर्देशन अनुसार केहीबेरमै वेबसाइट तयार हुनेछ । प्रयोगकर्ताले वेबसाइटको नाम आफैले छान्न पाउनेछन् । कम्पनीका अनुसार यसरी तयार गरिएको वेबसाइट र अनलाइन स्टोर विक्रेताको पूर्ण नियन्त्रणमा हुनेछ भने बनाइएको वेबसाइटलाई सजिलै परिवर्तन गर्न सकिनेछ। उक्त निःशुल्क वेबसाइट बिल्डरबाट उत्पादन र स्टक व्यवस्थापन गर्ने, नयाँ उत्पादन थप्ने, मूल्य अद्यावधिक गर्ने, स्टक स्थिति ट्र्याक गर्ने, अर्डर ट्र्याकिङ गर्ने, भुक्तानी प्रणालीसँग जोडिने, ढुवानीसहज बनाउने लगायतका सुविधा लिन पाइने छ ।

नेपाल क्यानका अनुसार नेपालको ई-कमर्श जगतमा यो क्रान्तिकारी कार्यक्रम हो । जसबाट प्राविधिक सीप नभएका व्यक्तिले पनि वेबसाइट बनाउने र प्रयोग गर्न सक्छन् भने केवल एक घण्टामा वेबसाइट तयार हुनेछ । यो सुविधा लिएबापत कुनै लागत वा वार्षिक शुल्क लाग्नेछैन। नेपाल क्यानका अनुसार, यो सुविधा विशेषगरी अनलाइन सुरुवात गर्न चाहने वा आफ्नो व्यवसाय डिजिटल बजारमा विस्तार गर्न चाहने सबैका लागि ठूलो सहयोग हुनेछ।

“हामीले सधैं आफ्ना विक्रेताको आवश्यकता प्राथमिकतामा राखेका छौं। यदि हाम्रो कुनै पहलले उनीहरूको व्यवसाय बढाउन मद्दत पुर्याउँछ भने, हामी त्यसका लागि हरेक सम्भाव्य कदम चाल्छौं।” नेपाल क्यानका प्रवक्ता भने ।