माधवलाई अध्यक्ष बनाउने प्रस्तावको ओली समूहमै विरोध - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

माधवलाई अध्यक्ष बनाउने प्रस्तावको ओली समूहमै विरोध



काठमाडौं- नेकपा एमालेको समस्या समाधान गर्न लगातार प्रयास भैरहेपनि समाधान भने हुन सकेको छैन । शनिवार पनि एकताको प्रयासस्वरूप विघटित कार्यदलले छलफल गरेको थियो ।

उक्त छलफलपछि एमाले नेता गोकर्ण विष्टले माधव नेपाललाई पनि अध्यक्ष बनाउनेगरी छलफल अगाडी बढेको बताएका थिए । तर नेता नेपाललाई अध्यक्ष बनाउने कुराको ओली समूहमै विरोध भएको छ । एमालेका नेता गोकुल बाँस्कोटाले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउन मिल्दै नमिल्ने जिकिर गरेका छन्।

पार्टीमा एकता कायम गर्न ओली समूहमा नेता नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रयासबीच पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले उनलाई अध्यक्ष पद दिन कुनै हालतमा नमिल्ने बताएका हुन्।

माधव नेपाल पक्षले शनिबार काठमाडौंमा अखिल फोर्सको राष्ट्रिय भेला गर्दै शक्ति प्रदर्शन गरेको थियो। त्यसलाई पनि नेता बाँस्कोटाले चल्ला कोरल्न नसक्ने अण्डा फुटाउने शक्ति प्रदर्शनको संज्ञा दिएका छन्।

‘खुसी लाग्यो शक्ति प्रदर्शन भएछ। तर चल्ला कोरल्न नसक्ने अण्डा फुटाउने प्रदर्शनको के अर्थ,’ बाँस्कोटाले सामािजक सञ्जालमा लेखेका छन्, ‘एउटा कुरा स्पष्ट छ कि विधि पद्धिति अनुसार अनसन नै बसे पनि अध्यक्ष दिन मिल्दैन, मिल्दैन मिल्दैन। जसले जे बुझ्नुपर्छ बुझ्ने जे गर्न मन लाग्छ सो गर्ने।!