नेपाल र भारतका युवा तथा खेलकुद मन्त्री वीच दिल्लीमा शिष्टाचार भेटवार्ता - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नेपाल र भारतका युवा तथा खेलकुद मन्त्री वीच दिल्लीमा शिष्टाचार भेटवार्ता



नयाँ दिल्ली । युवा तथा खेलकुद मन्त्री जगतवहादुर सुनार विश्वकर्मा र भारतीय युवा तथा खेलकुद मन्त्री करनेल राज्यवद्र्धन सिंह राठौरवीच आज शिष्टाचार भेटवार्ता भएको छ । नयाँ दिल्ली स्थित युवा कार्यक्रम तथा खेलकुद मन्त्रालयमा सम्पन्न भेटवार्तामा दुई देशवीचको आपसी सम्वन्ध र युवा तथा खेलकुदको विकासका वारेमा महत्वपूर्ण छलफल भएको हो ।

नेपालका युवा तथा खेलकुद मन्त्री विश्वकर्माले नेपाल सरकारले अगाडि सारेको विकास र समृद्धिका योजनाका वारेमा जानकारी दिदै नेपाल सरकारले युवा तथा खेलकुदको विकासलाई प्रथामिकतामा राखेको जानकारी दिनुभयो । नेपालमा आयोजना हुन लागेको दक्षिण एशियाली खेलकुद (साग) को १३ औ संस्करणको तयारीका वारेमा जानकारी दिदै मन्त्री विश्वकर्माले साग सफलतापूर्वक सम्पन्न गर्नका लागि सागका सवै देशहरुको साथ समर्थनको अपेक्षा रहेको वनाउनुभयो ।

भेटघाटको अवसरमा मन्त्री विश्वकर्माले युवा र खेलकुदको विकासमा नेपाल र भारतवीच यस अघि भएका समझदारीको कार्यान्वनमा जोड दिदैं नेपालको खेलकुदको विकासमा भारतसँग थप समन्वय र सहकार्य आवश्यक रहेको वताउनुभयो । दुई देशवीचको जनस्तरको सम्वन्धलाई अझ कसिलो वनाउनका लागि खेलकुद एउटा सशक्त माध्यम हुने धारणा राख्दै उहाँले मैत्रीपूर्ण खेलकुद आयोजना गर्न नेपाल तयार रहेको वताउनुभयोे ।

भेटघाटका अवसरमा भारतीय युवा कार्यक्रम तथा खेलकुद मन्त्री राज्यवद्र्धन सिंह राठौरले भारत नेपालको असल छिमेकी भएको र नेपालका युवाहरुले प्रगती गरेको हेर्न चाहेको वताउनुभयो । साग सम्पन्न गर्न तथा नेपालको खेलकुदको विकासमा भारतको सक्दो सहयोग रहने विश्वास दिलाउदै मन्त्री राठौरले भारतले खेलमा गरेको विकासको अनुभवबाट नेपाल लाभान्वित हुन सक्ने वताउनुभयो । मोवाइल एप्स निर्माण गरी खेलकुदका क्षेत्रमा नयाँ प्रयोग गर्न लागेको जानकारी दिदैं उहाँले नेपाललाई एप्सका वारेमा अध्ययन गर्न आग्रह गर्नुभयो । भारतले हिमालयन गेम गर्न लागेको जानकारी दिदैं उहाँले यसले हिमालयन क्षेत्रका परम्परागत मौलिक खेलहरुको संरक्षण तथा संवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । भेटघाटमा नेपाल र भारत दुवै देशका अधिकारीहरुको उपस्थिति रहेको थियो ।