नेपाल–भारत संयुक्त टोलीद्वारा सीमा सर्वेक्षण सुरु - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नेपाल–भारत संयुक्त टोलीद्वारा सीमा सर्वेक्षण सुरु



कैलाली । नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले मंगलबार देखि कञ्चनपुरमा सीमा सर्वेक्षण गर्न थालेका छन्  ।

सरकारले भारतसँग जोडिएका प्रदेश ७ का कञ्चनपुर, कैलाली, दार्चुलालगायत जिल्लाका विवादित सीमा क्षेत्रको सर्वेक्षण गर्न नापी विभागको टोली खटाएको छ ।

मंगलबार पुनर्वास नगरपालिका–११ स्थित डोकेबजारमा रहेको सीमास्तम्भ नम्बर ७५३ देखि संयुक्त टोलीले सीमा रेखाङ्कन तथा अवलोकन कार्य थालेको हो ।
संयुक्त टोलीले भीमदत्त नगरपालिकाको ब्रम्हदेवस्थित सीमास्तम्भ नम्बर ८११ सम्म रेखांकनको कार्य गर्ने टोली सदस्य पूर्णबहादुर खड्काले बताउनुभयो ।
गत भदौ अन्तिम साता भारतको देहरादुनमा बसेको नेपाल भारतको ‘सर्भे अफिसियल कमिटी’ को सातौँ बैठकले संयुक्त नापी टोली खटाउने निर्णय गरेबमोजिम टोलीले सर्वेक्षणको कार्य अगाडि बढाएको हो ।