नेपाल भारत मैत्री संघ लम्की उपशाखाको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

नेपाल भारत मैत्री संघ लम्की उपशाखाको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न



गोबिन्द बिसि / लम्की ।
नेपाल भारत मैत्री संघ लम्की उपशाखा , कैलालीको आयोजनामा उपशाखाको दोस्रो मैत्री सभा तथा दशै, दिपावली एवम् छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम शनिबार लम्कीमा सम्पन्न भएको छ ।

नेपाल भारत मैत्री संघ लम्की उपशाखाका अध्यक्ष रंगप्रसाद तिमिल्सैनाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका कोषाध्यक्ष मोतिप्रसाद उपाध्याय रहनु भएको थियो ।

कार्यक्रममा किसान बहुउद्देश्यीय सहकारी संस्था लम्कीका उपाध्यक्ष उदयराम खनाल , नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीका सचिव बिनोद आचार्य , नेपाल पत्रकार महासंघ कैलालीका सद्स्य एवम् सामुदायिक रेडियो पश्चिम आवाज लम्कीका स्टेशन मेनेजर देवानन्द न्यौपाने , लियो क्लब अफ लम्कीका अध्यक्ष तारा आचार्य , सरस्वती मा. वि. भुरुवाका शिक्षक विष्णु शाही , एम्बुलेन्स चालक संघ कैलालीका कोषाध्यक्ष इन्द्रबहादुर शाही लगायतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा नेपाल भारत मैत्री संघ लम्की उपशाखाका कोषाध्यक्ष नान्कला खनालले स्वागत मन्तव्य सहित विक्रम संवत २०७३ सालदेखि २०७५ साल भाद्र सम्मको आम्दानी खर्चको विवरण पेश गर्नु भएको थियो भने सचिव शिव थापाले कार्यक्रमको संचालन गर्नु भएको थियो ।