नेपाल भारत मैत्री सन्देश दिन युथ मिसनको 'वृक्षरोपण अभियान' - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

नेपाल भारत मैत्री सन्देश दिन युथ मिसनको ‘वृक्षरोपण अभियान’



नयाँ दिल्ली

भारतको राजधानी नयाँ दिल्लीमा नेपाल इन्डिया युथ मिसनले नेपाल भारत मैत्री सन्देश दिन आइतबार वृक्षरोपण अभियान  गरेको छ । मिसनले दिल्ली स्थित नयाँ अशोक नगर छठ घाटमा वृक्षरोपण गरी नेपाल भारत मित्रता वातावरण सन्देश दिएको हो ।

वृक्षरोपणमा नेपाल इन्डिया युथ मिसनको अध्यक्ष मधुरेन्द्र जैसवालले नेपाल भारत मैत्री सम्बन्ध र वातावरणमा जोड दिँदै दुवै देशका युवालाई आआफ्नो घरमा एक/एक वृक्षरोपण गरी वातावरण बचाउनु पर्छ भन्दै यो अभियानमा आउन सबैलाई आह्वान गरेको छन्  ।वातावरण नै खराव भयो भने हामि सबैलाई असर पर्ने हुदाँ हामीले नै जोगाउनु पर्ने उनले बताए ।

त्यसैगरी कार्यक्रममा  युथ मिसन माहासचिव अजित कुमारले एक पोधा सय पुत्र बराबर हुने भन्दै उक्त  वृक्षरोपण अभियानमा सबैले साथ् दिन आग्रह गरे   ।

युथ मिसनका  केन्द्रीय सदस्य प्रविन चौधरी, सुनील दत र रुयल प्रेसिडेंट अलोक साह, पर्यावरण संरक्षण सामाजिक ज्ञान केन्द्रका निर्देशक राजीव रंजन, पर्यावरण विद् साइकिलिस्ट रतन रंजन, एम मिसने करोड़ रुख अभियानके डायरेक्टर राजीव सिंह आदि समारोहमा सहभागी भएका थिए  ।