नेपाल भारत काव्य उत्सव बिजनबारीमा सम्पन्न - Himal Post Himal Post
  • ४ असार २०८३, बिहीबार
  •      Thu Jun 18 2026
Logo

नेपाल भारत काव्य उत्सव बिजनबारीमा सम्पन्न



बैशाख ३, बिजनबारी दार्जिलिङ

जरा फाउन्डेसन नेपालकाे अायाेजना तथा प्रतिभा प्रेरणा परिषद बिजनबारी र चिया कविता सिक्किमकाे सहअायाेजनामा गत अाइतवार अर्थात् ३ बैशाखका दिन बिजनबारीकाे सम्पत भवनमा नेपाल-भारत काव्य उत्सव भव्यताका साथ सम्मन्न भयाे । नेपालका विभिन्न जिल्ला तथा भारतकाे पश्चिम बङ्गाल र सिक्किम प्रान्तका कवि कलाकार सम्मिलित उक्त कार्यक्रममा सत्र कविका कविता, दुई गायकका गीति प्रस्तुति तथा एक नृत्याङ्गनाकाे नृत्य प्रस्तुत गरिएकाे थियाे ।

कार्यक्रममाका प्रमुख अतिथि प्राज्ञ मातृका पाेखरेलले अाफू भारतका विभिन्न प्रान्तमा जाँदा नेपालकाे मूल संस्कृति नै त्यहाँ पनि प्रतिविम्बित भएकाे पाएकाे कुरा बताए । नेपाल र भारतका नेपाली भाषी सर्जककाबीचकाे सम्बन्ध निकै पुरानाे र बलियाे भएकाे भन्दै यसलाई थप सुदृढ बनाउन यस्ता अन्तर्देशीय महाेत्सवहरू अावश्यक रहेकाे बताए । जरा फाउन्डेसनका अध्यक्ष कृष्ण प्रसाईले अागामि दिनमा पनि यस प्रकारका अन्तर्देशीय उत्सवलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा बाेल्दै युवा समालाेचक तथा जरा फाउन्डेसनका महासचिव महेश पाैड्यालले नेपाली साहित्य र कलाकाे विकासमा सिक्किम र दार्जिलिङकाे याेगदान स्तुत्य रहेकाे भन्दै लीला लेखन, तेस्राे अायाम, किनारीकृतकाे पक्षमा साहित्य रचना, समावेशी लेखन, विचलन लेखन, सडक समूह, चिया किवता तथा हस्तक्षेप कविता अान्दाेन यस भेगका माैलिक याेगदान भएकाे दावी गरे ।

सभापतिकाे अासनबाट बाेल्दै प्रसिद्ध कवि मनप्रसाद सुब्बाले बिजनबारीमा यस्ताे अन्तर्राष्ट्रिय शैलीकाे कार्यक्रम भएकाे याे नै पहिलाे भएकाे बताए ।

कार्यक्रममा नेपाल र भारतको प्रतिनिधित्व गर्दै कविहरू मनप्रसाद सुब्बा, कृष्ण प्रसाईं, मातृका पाेखरेल, प्रवीण राई जुमेली, सुधा एम राई, टीका अात्रेय, अविर खालिङ, लीला अनमाेल, शारदा स्टेफी, निमेष सुब्बा सिकारु, दिपा राई, अम्बर लाचिकाठी गुरुङ, भूपेन्द्र सुब्बा, प्रवीण खालिङ, महेश दाहाल अादि कविहरुले अाफ्ना कविता वाचन गरेका थिए । कार्यक्रममा गायक खेम सुब्बाले गीत तथा रुसालीले नृत्य प्रस्तुत गरेका थिए ।