सुन काण्ड: नेपाल एयरलाइन्सका थप २ कर्मचारी पक्राउ - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

सुन काण्ड: नेपाल एयरलाइन्सका थप २ कर्मचारी पक्राउ



३३ किलो सुन तस्करीमा संलग्न नेपाल एयरलाइन्सका थप दुई कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अमर डंगाले र तुलाराम थारु छन्। उनीहरु दुवै जना एयरलाइन्सका लोडर हुन्।

सुन भएका सुटकेशहरु विमानस्थलबाट पास गर्न उनीहरुहले सहयोग गर्दै आएका थिए।

सो घटनामा संलग्न नेपाल एयरलाइन्सका तीन कर्मचारीहरु यसअघि पक्राउ परेका थिए। राजन थापा, राजु महर्जन र प्रेमलाला चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये थारुले प्रहरी हिरासतमै आत्महत्या गरेका थिए।

प्रहरीले थाइ एयरलाइन्सका ८ कर्मचारीलाई पनि पक्राउ गरिसकेको छ। घटनामा संलग्न हालसम्म २१ जना पक्राउ परिसकेका छन्।

शाक्य हत्याको अनुसन्धानमा प्रहरीले गरेको लापरबाहीको अनुसन्धान गर्दा विमानस्थलबाट सेटिङमा ५ वर्षदेखि हुँदै आएको सुन तस्करी पर्दाफास भएको हो। तस्करीकै ३३ किलो सुन लुकाएको हुनसक्ने आशंकामा शाक्यको हत्या भएको थियो।