न्यायाधीशहरुले पदक पाउँदा सुवास नेम्वाङलाई तनाव - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

न्यायाधीशहरुले पदक पाउँदा सुवास नेम्वाङलाई तनाव



काठमाडौं–नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले घोषणा गरेको पदक अस्वीकार गर्न संवैधानिक इजलासका न्यायाधीशहरुलाई आग्रह गरेका छन्।

संविधान दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै सरकारविरुद्धको मुद्दामा फैसला गर्ने संवैधानिक इजलासका न्यायाधीशले पदक पाउनु ठीक नभएको बताए।

‘पारी चितुवा करायो, वारी सिंगारी हरायो भनेजस्तै, जुन कार्य भयो, संविधान दिवसकै दिन सुन्नुपर्दा बेठीक भयोजस्तो लाग्यो,’ उनले भने, ‘यस्तो सन्देश जान दिनुहुँदैन, तुरुन्तै मेडल अस्वीकार गरेको घोषणा गर्न म आग्रह (न्यायाधीशहरुलाई) गर्छु।’

उनले सरकारविरुद्धको मुद्धा दर्ता गर्न पहल गर्ने मुद्धावालाहरु, त्यसका पक्षहरु, दिल्लीबाटै पार्टी फुटाउन भूमिका खेलेका नेता, दुई शीर्ष नेताका परिवारका महत्वपूर्ण सदस्यहरुले पदक पाएको भन्दै आलोचना गरे।