सुवास नेम्वाङले आफ्नै नगरमा एमाले जिताउन सकेनन् - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

सुवास नेम्वाङले आफ्नै नगरमा एमाले जिताउन सकेनन्



काठमाडौं–एमाले नेता सुवास नेम्वाङको गृहनगर इलाममा नेपाली कांग्रेसले मेयर उपमेयर दुवै पदमा जित हासिल गरेको छ ।

मेयर पदमा कांग्रेसका उम्मेदवार केदार थापाले १३ हजार १ सय ६५ मत ल्याएर जितेका हुन् । उनका प्रतिस्पर्धी एमालेका धिरेनकुमार चेम्जोङले १० हजार ५ सय ८७ मत ल्याएका छन् ।

उपमेयरमा विजयी हुने कांग्रेसकी विष्णुकुमारी लिम्बुले १३ हजार ५ सय ४२ मत ल्याएकी छिन् । उनको प्रतिस्पर्धी एमालेकी सीतादेवी रिजालले १०ं हजार ८८ मत ल्याएकी छिन् ।