नेकपाका पत्रकारलाई बोलाएर फकाउँदै सरकार - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

नेकपाका पत्रकारलाई बोलाएर फकाउँदै सरकार



काठमाडौं । नेकपा निकट पत्रकार संगठनका नेताहरुलाई पार्टी मुख्यालय धुम्बाराहीमा बोलाएर विधेयकको विरोध नगर्न आग्रह गरिएको छ ।

सरकारले ल्याएको प्रेस स्वतन्त्रताविरोधी विधेयकको विरोधमा नेपाल पत्रकार महासंघ यतिबेला आन्दोलनरत छ । तर, महासंघको आन्दोलनलाई मथ्थर बनाउने उद्देश्यले नेकपाका नेताहरुले नेकपा निकट पत्रकारलाई सम्झाउने प्रक्रिया सुरु गरेका छन् ।

छलफलमा पत्रकार फाँट हेर्ने नेता र प्रचार विभागका नेताहहरुका साथै सञ्चारमन्त्री गोकुल बास्कोटासमेत सहभागी थिए । छलफलमा पार्टीका तर्फबाट दलका उपनेता सुवासचन्द्र्र नेम्वाङका साथै पम्फा भुसाल र योगेश भट्टराई सहभागी थिए ।

त्यसैगरी नेकपानिकट पत्रकार मानिने प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई कार्यक्रमको बिषयमा जानकारी नभएको बताइएको छ यसैगरी पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यलाई पनि नेकपाले कार्यक्रममा नबोलाएको बुझिएको छ ।

नेकपाकै समर्थक रहेका पत्रकारहरुसमेत सरकारले ल्याएको विधेयकको विपक्षमा उभिएपछि सत्तारुढ नेकपाका नेताहरुले आफू निकटका पत्रकारहरुलाई सम्झाउन सुरु गरेको खुलेको छ ।