नेकपाका नेताले भ्रष्टाचार गरे पनि स्वीकार गर्दैनन् :नेता भण्डारी - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

नेकपाका नेताले भ्रष्टाचार गरे पनि स्वीकार गर्दैनन् :नेता भण्डारी



रुपन्देही । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले भ्रष्टाचारका कारण मुलुकको विकासले गति लिन नसकेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज बिहान बुटवलमा आयोजना गरेको साक्षात्कारमा उनले भ्रष्टाचार नियन्त्रण भए मुलुक अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

‘काङ्ग्रेसका धेरै नेता भ्रष्टाचारमा जेल सजाय भोगेका छन् । नेकपाका नेताले भ्रष्टाचार गरे पनि स्वीकार गर्दैनन्’, उनले भने ।

नेता भण्डारीले काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई पोखरामा हुने उपनिर्वाचनमा विजयी भएमात्रै सभापतिको कार्यकाल लम्ब्याउन र पराजित भए छाड्न सुझाव दिए । (रासस)