प्रमुख पदमा निर्विरोध निर्वाचित हुने सबैभन्दा धेरै सिट एकीकृत समाजवादीका - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

प्रमुख पदमा निर्विरोध निर्वाचित हुने सबैभन्दा धेरै सिट एकीकृत समाजवादीका



काठमाडौं– एकीकृत समाजवादीबाट प्रमुख पदमा सबैभन्दा धेरै सिटमा निर्विरोध निर्वाचित भएका छन्। वैशाख ३० गते हुने निर्वाचनको मनोनयनबाट निर्विरोध हुनेको संख्या अन्य दलको धेरै भएपनि प्रमुख पदमा सबैभन्दा धेरै सिट नेकपा एसले जितेको हो ।

निर्वाचन आयोगको तथ्यांकअनुसार ७५३ स्थानीय तहमध्ये एकीकृत समाजवादी दुई गाउँपालिका अध्यक्ष र एक गाउँपालिका उपाध्यक्षमा निर्विरोध निर्वाचित भएको छ। त्यस्तै, उक्त पार्टीबाट ६ वडाध्यक्ष, १२ खुल्ला सदस्य, ७ महिलासदस्य, ६ दलित महिलासदस्य गरी कूल ३४ निर्विरोध निर्वाचित भएका छन्।

प्रमुख पदमा निर्विरोध निर्वाचित हुनेमा एमाले दोस्रो स्थानमा छ। एमालेबाट एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष, १४ वडाध्यक्ष, २६ खुला सदस्य, २३ महिला सदस्य र ५७ दलित महिला सदस्य गरी कुल १२३ जना निर्विरोध निर्वाचित भएका छन्। कूल निर्विरोध संख्याका हिसाबले एमाले सबैभन्दा अगाडि छ।

त्यस्तै कांग्रेस वडा सदस्यमा ३७, महिला वडा सदस्यमा १५, दलित महिला सदस्यमा ४०, वडाध्यक्षमा १४, उपाध्यक्षमा १ गरि १०७ पदमा निर्विरोध निर्वाचित भएकोछ। देशभर ३५३ पदमा अन्य दलले उम्मेदवारी नदिँदा निर्विरोध चयन भएका छन्।