नेकपा एकता: एक्कासी कार्यक्रम स्थलबाट बाहिरिए नेपाल - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

नेकपा एकता: एक्कासी कार्यक्रम स्थलबाट बाहिरिए नेपाल



काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको झण्डै एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ । नेकपाका ७७ जिल्ला नेतृत्वको सूची सोमबार बाहिरिएको हो ।

जिल्ला अध्यक्ष र सचिवको सुची बाहिरीएपछि वरिष्ठ नेता माधव कुमार नेपाल पनि कार्यक्रमस्थलबाट बाहिरिएका छन् ।

राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित नेकपाको ७० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमबाट नेपाल बाहिरिएका हुन् ।

कार्यक्रममै नेकपा नेता विष्णु पौडेलले ७७ वटै जिल्ला अध्यक्ष र सचिवको लिस्ट उपलब्ध गराएका थिए । सोलगत्तै उनी बाहिरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

जिल्ला नेतृत्वको विषयमा नेता नेपालले लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका थिए ।