मध्यरातमा काङ्ग्रेसले थप्यो ३ सिट, नेकपाले २ - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

मध्यरातमा काङ्ग्रेसले थप्यो ३ सिट, नेकपाले २



काठमाडौं- प्युठान नगरपालिका वडा नं. २ को वडाध्यक्षमा नेकपाका उम्मेदवार विजयी भएका छन् । नेकपाका उम्मेदवार मुक्ति पोख्रेल ११२७ मत ल्याएर वडाध्यक्षमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

उनका प्रतिष्पर्धी कांग्रेसका मोहनसिंह विष्टले ८४३ मत ल्याए।

शनिबार भएको उपचुनावमा फिदिम नगरपालिका–१, मा सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार गजाधर भट्टराई भारी मत अन्तरले विजयी भएका छन्।


कुल ३ हजार ६ सय ७६ मतदातामध्ये २ हजार ६ सय ८२ मत खसेकोमा भट्टराईले १ हजार ४ सय ४६ मत प्राप्त गरी विजयी भएका हुन्। नेपाली कांग्रेसका उम्मेदवार सुबराज थापाले ९ सय ७२ मत पाए।

यो वडामा नेपाली कांग्रेसबाट निर्वाचित हर्कबहादुर मोत्तानको निधनपछि उपचुनाव भएको हो ।

यसअघिको चुनावमा कांग्रेसले जितेको फिदिम–१ मा नेकपाका उम्मेदवार विजयी हुँदा नेकपाले हिलिहाङ–७ भने गुमाएको छ । हिलिहाङ गाउँपालिका–७, मा नेकपाका उम्मेदवारलाई पराजित गर्दै नेपाली कांग्रेसका तिलविक्रम इधिङगो विजयी भएका छन्। इधिङगोले नेकपाका गेहनाथ रिजालाई ३० मत अन्तरले पराजित गरे।

  • बैतडीको दोगडाकेदार गाउँपालिका ४ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका सुरेन्द्रप्रसाद भट्टले ५८४ मत ल्याएर विजयी भएका छन्र ।

उनका प्रतिष्पर्धी नेकपाका नरेन्द्रप्रसाद भट्टले ४८४ मत ल्याए।

  • घोराही उपमहानगरपालिका १६ मा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गर्दै वडा अध्यक्षमा विजयी भए।

कांग्रेसका उम्मेदवार डाँगीले १२१८ र केसीले १११७ मत ल्याए।

यहाँ ४ हजार ४ सय ५३ मतदातामध्ये ३ हजार दुई सय २६ जनाले मतदान गरेका थिए । ६८ मत बदर भएको थियो । गएको चुनावमा यो वडामा नेकपा एमालेबाट लछिनप्रसाद बुढा विजयी भएका थिए । बुढाको निधन भएपछि उपचुनाव भएको हो ।