नेकपा भित्र भिम रावलको असन्तुष्टि - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

नेकपा भित्र भिम रावलको असन्तुष्टि



काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता भिम रावलले आफ्नो पार्टी कुने नेतामुखी नहुने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता रावलले पार्टीको विधान र प्रणालीबाट पार्टी संचालन हुने दाबी गरे ।

माथिल्लो तहमा हुने नेताहरुको भूमिका पार्टीभित्र बढी हुने भए पनि विधान र कानुनभन्दा माथि कोही पनि नुहने रावलले स्पष्ट पारे ।

“पार्टीको घोषणापत्रमा लोकतन्त्र, समावेशिता, समानुपातिक पद्धति, न्याय, निष्पक्षता, योग्यताको कदर गर्ने कुरा घोषणा गरेका छौँ ।” । रावलले भने ।

तर तत्कालिन नेकपा एमालेको प्रदेश नम्बर सातबाट मन्त्रीमण्डलका कसैलाई पनि सहभागी नगराइएको भन्दै रावलले असन्तुष्टी व्यक्त गरेका छन् ।

सबैको प्रतिनिधित्व हुने गरी समावेश गरियोस भनेर स्थायी समितिमा प्रस्ताव पेश गरिएको रावलले जानकारी दिए ।

“प्रदेश सातबाट हामीले त्यति धेरै विजय हासिल गरेर आएका थियौँ । कांग्रेसका सभापति देउवाबाहेक अरु कसैले पनि जितेनन् । तर त्यस प्रदेशबाट कसैको पनि प्रतिनिधि नभएकाले हामीले असन्तुष्टी जाहेर गरेका हौँ ।” रावलले भने ।

फरक प्रसंगमा रावलले संघीय सांसदहरुलाई युनडिपीको सहयोगमा प्रशिक्षण दिलाउनु गलत भएको बताए ।