नेजस उत्तर भारत क्षेत्रद्वारा स्व.योगेन्द्र गौतमको श्रदान्जली सभा सम्पन्न - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

नेजस उत्तर भारत क्षेत्रद्वारा स्व.योगेन्द्र गौतमको श्रदान्जली सभा सम्पन्न



हिमाल पोस्ट /नयाँ दिल्ली 

नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रले स्वर्गीय योगेन्द्र गौतमको श्रदान्जली सभा मंगलबार दिल्लीमा गरेको छ ।

स्व.गौतम नेजस दक्षिण भारतका पुर्व महासचिव हुन्   ।उनको २३  मार्चको दिन असामायिक निधन भएको थियो  ।

उक्त श्रदान्जली सभामा प्रवासी नेपाली संघका अध्यक्ष लोकनाथ भण्डारी ,नेजस दिल्लीका उपाध्यक्ष अर्जुन धरेल ,नेजस केन्द्रीय सदस्य नुरदेब कुवर ,राजु क्षेत्री ,क्षेत्रीय कार्यसमितिका पदाधिकारी र  शाखा उप-शाखाका पदाधिकारीको पनि उपस्थिति रहेको थियो ।

उपस्थित सबैले स्व.गौतमको  निधन प्रति  शोक व्यक्त गर्दै उहाले नेजसमा गरेको योगदानको बारेमा चर्च पनि गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता ने ज स उत्तर भारत दिल्लीका अध्यक्षता  कृष्ण पाण्डे र  रुद्र मल्लको संचालनमा दिल्लीको पहाडगंजको स्विस ईन होटलमा सम्पन्न भएको थियो   ।