नेफ्टोज कैलालीका नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

नेफ्टोज कैलालीका नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान



धनगढी, कैलाली । नेपाल पर्यटन पत्रकार महासंघ कैलाली शाखाको हालै सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई एक कार्यक्रमका बिच धनगढीमा सम्मान सहित परिचयात्मक कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाटा) सुदूरपश्चिमले धनगढीमा कार्यक्रमको आयोजना गर्दै नव निर्वाचित पदाधिकारीहरुलाई खादा ओढाएर सम्मान गरिएको हो ।

सम्मान तथा परिचयात्मक कार्यक्रममा बोल्दै नाटा सुदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टले सुदूरपश्चिममा भएका धार्मिक तथा पर्यटकीय गन्तव्य पहिचान गर्दै सो लाई प्रचारप्रसार गर्ने कायम नाटा सुदूरपश्चिमले गर्दै आएको बताउँनुभयो ।

भारतको विभिन्न पर्यटकिय गन्तव्यमा पुगेर नाटाका पदाधिकारीहरुले त्यहाँका पर्यटकहरुलाई सुदूरपश्चिमका भित्र्याउँन अहम भूमिका निर्वाह गरिरहेको बताउँदै अध्यक्ष भट्टले नाटा र पर्यटन पत्रकार महासंघ कैलाली शाखाको उदेश्य एउटै भएकाले सहकार्य गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले सुदूरपश्चिम प्राकृतिक, धार्मीक एक पर्यटकिय दृष्टिले निक्कै राम्रो रहेको बताउँदै त्यसको प्रयोग गर्न नसकिएको बताउँनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै नाटा सुदूरपश्चिम समितिका सदस्य शिवहरी पाण्डेले पर्यटन पत्रकार महासंघसंग नाटा हातेमालो गर्दै अगाडी बढ्न ईच्छुक रहेको बताउँनुभयो । उहाँले नाटा र पर्यटन पत्रकार महासंघ कैलालीले बिच समन्वय गरेर संयुक्त रुपमा कार्यक्रम अगाडी बढाउँनेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै पर्यटन पत्रकार महासंघ कैलालीका अध्यक्ष भिम चौधरीले एउटै उदेश्य बोकेका दुवै संस्था नाटा सङ्ग सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो । उहाले सम्मान ब्यक्त गरेकोमा नाटालाइ धन्यबाद दिदै आगामी दिनमा पर्यटनको बिकासका लागि कलम चलाउनेमा विश्वास ब्यक्त गर्नुभयो ।

नाटा सुदूरपश्चिमका महासचिव पदमबिक्रम सिङले सञ्चालन गर्नुभएको कार्यक्रममा नाटा सुदूरपश्चिमले आगामी दिनमा गर्ने पर्यटनसंग सम्वन्धीत हरेक कार्यक्रममा पर्यटन पत्रकार महासंघलाई अनिवार्य रुपमा संलग्नता गराएर अगाडी बढ्ने निर्णय समेत गरिएको छ ।

कार्यक्रममा नेपाल पर्यटन पत्रकार महासंघ कैलालीका वरिष्ठ उपाध्यक्ष रन्जित लामा, उपाध्यक्ष इन्द्र के.सी., सचिव शेरबहादुर ऐर, कोषाध्यक्ष सविता बूढा, सहसचिव विवेक नागरी लगायत सदस्यहरुको उपस्थिती रहेको थियो ।