निलम ढुंगाना, सुख दुखको अर्को नाम
तपाईं एउटा खुट्टा को भरमा मात्र कति समय उभिन सक्नु हुन्छ दस मिनेट वा बीस मिनेट ?, अथवा के के काम गर्ने सक्नु हुन्छ एउटा खुट्टा को भरमा नाच्न वा पैडी खेल्न। सायद तपाईले कोशिस गर्ने पनि सक्नु भएको छैन होला, किनकी तपाई सपाङ हुनुहुन्छ, जब एउटा ब्यक्ति सपाङ बाट अपांग हुन पुग्छ नी उसलाई हुने जति पिडा तपाई हामी कल्पना पनि गर्ने सक्देनै। २०६४ साल माघ २२ गते को दिन लाई उनी चाहेर पनि भुल्न सकेकी छैनन निलम ढुंगाना इटहरी को बुढिखोला पुलमा हिड्दै गर्दा पछाडी बाट समान बोकेर आएको ट्रकले ढक्कर दिएको थिए। सगै को साथि को घटनास्थलमै ज्यान गयो भने ट्रक र पुलको रेलिङ मा च्यापिएको उनको शरीर निकाल्न ४५ मिनेट को प्रयास पछि मात्र सकिएको थियो। तर उनको एउटा खुट्टा सधै को लागि गुम्यो। बिवाहा भएको पनि केही महिना मात्र भएको थियो, एस्तो अवस्थामा पनि उनी हार मानिनन, कस्तो रहयो त सुख दुखको उनको जिन्दगी यहि बारेमा हिमाल पोस्टका लागि राजीव भुसाल ले निलम ढुंगाना सग कुरा गरेका थिए त्यहि कुराकानीको महत्त्वपूर्ण अंश हरु…।
धेरै राम्रो नाच्नु हुन्छ सानै देखि को रहर होकी घटना घटेपछी को हो?
सानै देखि नै नाच्ने गर्थे, बालापन देखिको नै रहर अनि इच्छा हो मान्छेको जीवन मा जस्तो सुकै घटना घटेपनि आफ्नो रहर र इच्छा छ भने सक्दो रहिछ।
अरु अन्य काम गरेर पनि त आफुलाइ चिनाउन सकिन्थ्यो नि नाच्न नै किन रोज्नु भयो त?
सानै देखि को रहर र इच्छा हो भनेर त भनी सके। फेरि एउटा खुट्टा को भर मा नाच्नु भनेको सजिलो काम होइन। हो अरु काम पनि थिए गर्ने लाई तर मलाई अगाडि बढनु थियो केही गरेर यो समाज को लागि देखाउनु थियो त्यसैले यहि आफुले सिकेको जानेको काम लाई नै निरंतरता दिए।
समाज को लागि उदाहरणीय काम गर्नु भएको छ, समाज बाट कत्ती को सहयोग पाउनु भएको छ?
जब म पहिले पटक स्टेज मा नाचेकी थिए त्यो दिनको नाच अझै पनि मेरो मानशपटल मा घुमिरहेको छ। त्यो दिन मेरो लागि अबिस्वमरिय छ। त्यही बेला बाटनै समाजले हेर्ने नजर पनि फरक बनायो। समाज को सहयोग र हैसला नभएको भए म यहाँ सम्म पनि आउनी थिइन होला।
त्यो घटना लाई कसरी सम्झन चाहनु हुन्छ?
दुर्घटना हो मेरो जिन्दगी को सबै भन्दा ठुलो दुर्घटना। म र मेरो साथि परिक्षा दिन हिनेका थियौ कस्ले सोचेको थियो र एस्तो होला भनेर साथिले ज्यान गुमाउनु पर्यो मैले खुट्टा गुमाउनु पर्यो। म आउदै छुभनेर न आउदो रहिछ जस्लाइ जहाँ पनि हुदो रहिछ। दुर्घटना।
के कुरामा पछुतो लाग्छ?
अहिले सम्म त पछुतो लागेकै छैन पछुतो मानेर हुने पनि त केही होइन नी। पछाडि को जिन्दगी लाई हेरेर अगाडि हिँड्ने प्रयास गर्दै छु।
भगवानले मागेको दिने भए के माग्नु हुन्थ्यो?
जुन काम गरेर मलाई चिन्नु भएको छ म अझै यहि काम लाई विश्व सामु चिनाउन चाहन्थे भगवान ले मागेको दिने भए म भगवान सग यहि माग्थे।, म मात्र होइन अपाङ्ग भएको दुर्घटना ले गर्दा कत्ती ले आफ्नो शरीरको केही न केही भाग गुमाउनु परेको छ। सबै सग केही न केहि को खुबी हुन्छ। सबैले उनिहरुको खुबी लाई चिन्न सकुन।
नीलम कस्तो खालको मान्छे हो?
धेरै गार्हो प्रश्न सोध्नु भयो त, म आफ्नो बारेमा भन्नुपर्दा पनि तपाई आफै बुझ्नु हुन्छ होला म कस्ति खाले छु भनेर।