नेवि संघका विद्यार्थीहरुले जलाए प्रधानमन्त्री ओलीको पुत्ला - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

नेवि संघका विद्यार्थीहरुले जलाए प्रधानमन्त्री ओलीको पुत्ला



काठमाडौं। पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा कांग्रेस निकट नेवि संघका विद्यार्थीहरुले लमजुङ सदरमुकाम बेशीसहरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

मंगलबार विहानै बेसीशहरको भीमसेनथान चोकमा सयौंको संख्या भेला भएका विद्यार्थीले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् ।

नेवि संघ नेता सुवास अधिकारीको अगुवाइमा पार्टी कार्यालयबाट मनाङ चौतारा, सेराचोक हुँदै सुरु भएको जुलुस चोकबजारमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सोमबार साँझ मसाल जुलुसको तयारी गरिरहेका विद्यार्थीहरुलाई प्रहरीले कडा निगरानी गरेपछि सिटी जुलुस प्रदर्शन गरेका थिए ।