नेविसंघको जुलुसमाथि प्रहरी हस्तक्षेप - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नेविसंघको जुलुसमाथि प्रहरी हस्तक्षेप



काठमाडौँ ।  पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा नेपाली  कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले काठमाडौँको विभिन्न स्थानमा मसाल जुलुस निकालेको छ ।

जुलुस गर्न नदिन बाक्लो संख्यामा प्रहरी परिचालन गरिएपनि प्रहरीको आँखा छल्दै नेविसंघले मसाल जुलुस निकालेको हो । जुलुस निकाल्ने क्रममा प्रहरीको हस्तक्षेपबाट नेविसंघका टिका भण्डारी र सञ्जिव ढकाल घाइते भएका नेबिसंघका केन्द्रिय सदस्य सुशील भट्टले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछि चौथो पटक पेट्रोलियम पदार्थको मूल्य बढेको छ । पछिल्लोपटक नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य ३ /३ रुपैयाँ वृद्धि गरेकोे थियो ।

हाल पेट्रोलको मूल्य ११३ रुपैयाँ छ। यसैगरी डिजेल र मट्टितेलको ९५ रुपैयाँ पुगेको छ।

पेट्रोलियम पदार्थको मुल्य वृद्धि नहटाएसम्म चरणबद्ध रुपमा आन्दोलन गर्दै जाने नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले बताए । उपत्यकाको जमल, बागबजार ,मैतिदेबीबाट जुलुस निस्केको थियो ।

तस्वीर: बाह्रखरी